१ कार्तिक २०८३, आइतबार

पटनाको होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।