आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

रवि लामिछानेको विषयमा लेखेका युवाको यस्तो हालत

दैनिक नेपाल २०८१ वैशाख १३ गते १२:४९

काठमाडौं, १३ बैशाख । लामिछानेको विषयको आलोचना गरेका कारण एक युवकलाई चरम यातना दिएको भनिएको विवादास्पद घटना यतिबेला भाइरल भएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ती युवकलाई यातना दिएको भन्दै नेपाल प्रहरी र गृहमन्त्री रवि लामिछानेको चर्को विरोध भइरहेको छ । समाचारमा जनाइए अनुसार जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमान सिंह ठकुरी प्रहरीको यातनाबाट अहिले अस्पतालमा उपचाररत छन् ।

उनले प्रहरीकै अगाडि यातना सहन नसकेर आत्महत्याको प्रयास पनि गरेका थिए । तर, प्रहरीले नै उपचारका लागि अस्पताल पुर्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक कमेन्ट गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको र त्यसपछि उनले आत्महत्याको प्रयास गरेको भनिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले भने सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले फेसबुकमा अश्लिल सामग्री प्रकाशन गरेको बिषयमा ब्यूरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा गणेशमानले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उपचारका लागि वीर अस्पताल लागिएको बताएको छ ।

अनुसन्धानलाई प्रभावित गर्न गणेशमानले यो हर्कत गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित