बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

बाँची खान गाह्रो भयो, मर्न पनि सकिएन !

दैनिक नेपाल २०८१ वैशाख ६ गते २१:२७

-स्थिरबाबु घिमिरे

बाँची खान गाह्रो भो, मर्न पनि सकिएन ।
जिउँदो लास मसानमा जलाउन सकिएन ।

भोकाएको पेटले भौतारिएका हामी,
झनै यो आर्थिक मन्दीले त उठ्नै सकिएन ।

किन होला है हामी एक आपसमा भिडेको ?
इर्श्या र डाहाले कहिलै मुक्त हुन सकिएन ।

जिउँन कै लागि मर्न खोज्दैछन् मान्छेहरू,
लौ न बाँच्ने आधार पहिल्याउनै सकिएन ।

प्रतिक्रिया
सम्बन्धित