११ असार २०८३, बिहिबार

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल करिब १४० जना भन्दा बढी वरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको हो ।

भ्रमण कार्यक्रममा सहभागी भएका वरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरुबीच चिनजान हुनुका साथै एक आपसको अन्तरक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराइदिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तीन रात चार दिनसम्म सञ्चालन गरिएको भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।