शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बालेनको कालो चश्माले नदेखेको सेतो टावर पछाडिको केपी ओलीको दूरदृष्टि

दैनिक नेपाल २०८० फागुन १ गते १२:२४

-आशिष रेग्मी

पपुलिजमको राजनीति तबसम्म मात्र टिक्छ जबसम्म भ्रम सृजना गर्न सकिन्छ । भनिन्छ सत्यले सुरुवाल लगाउने प्रयत्न गर्दा भ्रमले संसार घुमेर आइसक्छ । पपुलिजमको राजनीति त्यस्तै भ्रममा टिकेको हुन्छ । झन् हाम्रो जस्तो शिशु लोकतन्त्र र भूराजनीतिक अवस्थिति भएको देशमा त यसको प्रकार भयानकै हुनसक्छ । लोकतन्त्रमा फरक विचारको सम्मान हुन्छ अनि दलहरुको राजनीतिक हैसियतमा आउने उतारचढावलाई सहजरुपले स्वीकारिन्छ।

लोकतान्त्रिक राजनीतिमा ब्यक्तिमाथी आरोप लगाईँदैन । कहिले कहिँ ब्यक्तिमाथी प्रश्न उठाएको जस्तो देखिए पनि प्रश्न प्रवृतिमाथी गरिने हो । प्रचण्ड सरकारले कुनै एक देशकालागि कम्फर्टेबल भएर राष्ट्र हित विरुद्ध एक पछि अर्को कदम चालिरहँदा प्रश्न त्यस्तो कम्फर्टेबल सरकार बन्ने प्रवृति विरुद्ध उठ्ने हो । अहिले सो प्रवृतिको प्रतिबिम्ब प्रचण्ड भएकोले ब्यक्ति माथी आरोप प्रत्यारोप गरेर राजनीति भइरहेको छ कि भन्ने लाग्नु स्वभाविक हो ।

२०६४को सबैभन्दा ठूलो दल माओवादी आज तेस्रो दलको रुपमा सिमित रहँदा सोही समयमा तेस्रो रहेको एमाले भने जनताको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा देखिएको छ । नयाँ भनिएको रास्वपाले माओवादी जतिकै सिट ल्याएर संसदमा चौथो ठुलो दलको रुपमा आफुलाई स्थापित गरेको छ । यो सबैले लोकतन्त्रको सुन्दरतालाई दर्शाउँछ । पश्चगामी कहलिएको राप्रपाले संविधानको भाव भन्दा फरक मुद्धा उठाउँदा पनि उसको फरक विचार राख्ने अधिकारको सुनिश्चितता यही लोकतान्त्रिक संविधानले गरेको छ ।

लोकतान्त्रिक राजनीतिमा ब्यक्तिमाथी आरोप लगाईँदैन । कहिलेकहिँ ब्यक्तिमाथी प्रश्न उठाएको जस्तो देखिए पनि प्रश्न प्रवृतिमाथी गरिने हो । प्रचण्ड सरकारले कुनै एक देशकालागि कम्फर्टेबल भएर राष्ट्र हित विरुद्ध एक पछि अर्को कदम चालिरहँदा प्रश्न त्यस्तो कम्फर्टेबल सरकार बन्ने प्रवृत्तिविरुद्ध उठ्ने हो । अहिले सो प्रवृतिको प्रतिबिम्ब प्रचण्ड भएकोले ब्यक्ति माथी आरोप प्रत्यारोप गरेर राजनीति भइरहेको छ कि भन्ने लाग्नु स्वभाविक हो । नेपालको राष्ट्र हितनै प्रमुख भएकोले बहस नेपालको हित केन्द्रीत हुनपर्नेमा दुइ राय भने रहेन । आजको विषयको प्रतिबिम्ब पात्र काठमाडौं महानगरका मेयर बालेन्द्र साह उर्फ बालेन हुन् । माथी नै भनिसकेको छु कुनै एक ब्यक्तिको बारेमा बहस गरिरहँदा लोकतान्त्रिक राजनीतिमा प्रवृतिको गरिने हो ब्यक्तिको होइन । बालेन साहको उदयले हाम्रो पुस्ता अर्थात् युवा पुस्तामा नयाँ उर्जा थपेकै हो । निराशाको जगमा आशाको घर निर्माण गर्ने सपना बाँडेर बालेनको उदय भयो । मानिसलाई त्यतिखेर लाग्यो नयाँ प्रयोग गरौँ न त । नयाँ प्रयोग गर्ने काठमाडौंका जनताको चाहनाले बालेन शक्तिशाली मेयरका रुपमा जित हासिल गर्न सफल भए । तर लोकप्रिय गफ गरेरजितहासिल गर्न जति सजिलो छ जितिसकेपछि नियम कानुनका दायरा भित्र रहेर काम गर्न त्यति सहज भने छैन । उनले आफैं वाचा गरेको ६ महिना भित्र जडान गरेर प्रयोगमा ल्याउने “इन्सिनरेटर प्लान्ट” आज चुनाव जितेको करिब दुई वर्ष भइसक्दा पनि केही गाइँगुइँ सुनिदैन । इन्फ्रस्ट्रक्चर एम्बुलेन्सको फण्डा पनि सामाखुशीमा एक बालक ढलमा दुबेर मरेको खबरसँगै तुहिन पुग्यो । चुनाव अघिको अन्तर्वार्तामा सडक व्यवसायीहरुको व्यवस्थापन कुनै अप्ठ्यारो विषयनै होइन भनेर बोल्ने बालेनको व्यवहार भने नितान्त फरक रहेको सबैले महसुस गरेकै विषय हो ।

डेलिभरिका मामिलामा पाइलैपिच्छे असफल भएपछि उनले नयाँ फण्डा निकाले सरकार र सिंहदरबारलाई गाली गर्ने । कहिले सिंहदरबार जलाउने त कहिले सिंहदरबारमा बस्नेलाई बागमतीमा बगाइदिने जस्त उग्र स्ट्रयाटसका बलमा उनले आफ्ना अकर्मण्यता लुकाउने भरपुर प्रयास गरेकै हुन् । तर, कोटेश्वरमा गएर भने उनको स्टन्टले गति लिन सकेन । उनको बचाउमा उत्रिएको रुटिन अफ नेपाल बन्द त झन् आफै केही समयको लागि बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । भनिन्छ नि सबैजनलाई केही समयको लागि भ्रममा राख्न सकिन्छ, अनि केही मानिसलाई सधैँ भ्रममा राख्न सकिन्छ । तर सबैजनालाई सधैँ भ्रममा राख्न सकिँदैन । माथिका केही प्रतिबिम्ब उदाहरणका वाबजुद बालेनले आफुलाई सबैलाई सधैँ भ्रममा राख्न सक्ने अलौकिक पात्रका रुपमा चित्रण गरिरहेका छन् । स्थानीय तहको मेयर स्थानीयलाई भेट्ने बाहेकका स्टन्टमा रमाइरहेको देखिन्छन् । पछिल्ला दुई स्टाटस: एक उत्तरी छिमेकी चीन विरुद्ध र अर्को नेकपा (एमाले)का अध्यक्ष केपी ओली विरुद्धआएका छन् । ति दुई स्टाटसमा विश्लेषण गर्नुपूर्व अलिकता विगतमा जानु जरुरी छ ।

हुन त लोकतन्त्रमा आफ्ना विश्लेषण राख्दा डिस्क्लेमर राख्नुपर्ने त होइन तर हामीले समाजलाई यतिसम्म गिजोलेउँ कि नेपालको हितमा कुरा गर्दा कुनै देशको कुनै छिमेकिको विरोधि र कुनै छिमेकिको समर्थकको ट्याग लगाइदिन्छौँ । अहिलेको विश्लेषणमा त्यस्तो ट्याग नलागोस् र विश्लेषणलाई कुनै आग्रह बिना हेरियोस् भन्ने सुरुमै डिस्क्लेमर राख्न चाहन्छु ।

हुन त लोकतन्त्रमा आफ्ना विश्लेषण राख्दा डिस्क्लेमर राख्नुपर्ने त होइन तर हामीले समाजलाई यतिसम्म गिजोलेउँ कि नेपालको हितमा कुरा गर्दा कुनै देशको कुनै छिमेकिको विरोधि र कुनै छिमेकिको समर्थकको ट्याग लगाइदिन्छौँ । अहिलेको विश्लेषणमा त्यस्तो ट्याग नलागोस् र विश्लेषणलाई कुनै आग्रह बिना हेरियोस् भन्ने सुरुमै डिस्क्लेमर राख्न चाहन्छु । जब आदिपुरुष नामको सिनेमा आयो तब बालेनको कडा स्वरुप देखियो । उनको कडा स्टाटसलाई राष्ट्रवादीको संज्ञा दिइयो । यथार्थ के थियो भने भारतमै पनि शंकराचार्यजी लगायत धेरैलाई त्यो चलचित्र मन परेको थिएन । रामायणलाई जसरी कल्पना गरिएको थियो त्यो सह्य भएको थिएन । उनको स्टाटस लगत्तै शंकराचार्यले भनेकाथिए “नेपालका मेयरलाई जतिको ज्ञान हामीलाई भएन”। यतिलाई त शंकाको सुविधा दिनुपर्छ । कुनै एक व्यवहारले निश्कर्षमा पुगिहाल्नु भने हुँदैन । लगत्तै, भारतमा सांस्कृतिक नक्साको विरोध गर्ने नाममा उनले ग्रेटर नेपालको नक्सा राखेको तर्क अघि सारे । वास्तवमा यो हर्कतले हाम्रो लिपुलेक , लिम्पियाधुराको दावीलाई थप गिजोल्ने काम गरेको छ । भविष्यमा यसको प्रभाव पर्ने सम्भावना रहन्छ ।

अर्को घटनामा जाउँ । पछिल्लो समय भारतका प्रभावशाली विदेशमन्त्री एस जय शंकर नेपाल आउँदा एक सम्झौतामा हस्ताक्षर भयो । त्यो थियो भारतले राजदुतावास मार्फत एक आयोजनामा २० करोडम सम्मको लगानी गर्न पाउने । सो रकम नेपालको बजेटीय प्रणाली मार्फत नआउने कुरा प्रष्ट थियो । आदीपुरुष चलचित्रको सन्दर्भमा जस्तै “अरु कुरा थाहा छैन तर काठमाडौं महानगर भने बजेटीय प्रणाली बाहिरको रकम स्विकार्दैन । राष्ट्रघाती सम्झौता जालइदिन्छु ।” यस्तो स्टाटस आउला भनेर सोचेको तर ठिक उल्टा भयो । उनले त सो सम्झौतालाई बल पुग्ने गरेर कुनै परिवेष बिनानै चीन विरुद्धको कवितानै लेखे । यस किसिमको राय निर्माणमा उनी व्यस्त देखिन्छन् ।

केपी ओली र एमालेको रिजर्भेशन हुने कुरालाई बुझेर उनको तर्कलाई कमजोर हुने गरी उनी विरुद्ध भाष्य निर्माण गर्न खोजिएको देखिन्छ । पटक पटकको बालेनका स्टाटसका हर्कत र विकास बजेट २५ प्रतिशत भन्दा बढी खर्च नगर्ने तर लोकप्रियताका आडमा कुनै एक छिमेकिको लागि भाष्य निर्माण गर्ने राजनीतिमा बालेन लागेको आभाष हुन्छ ।

हालै मात्र पार्किगंको विषयलाई लिएर उनले केपी ओली विरुद्ध लेखेको स्टाटसको रहस्य पनि चाखलाग्दो छ । पहिले सामान्य रुपले स्टाटसलाई विश्लेषण गरौँ । भूकम्प पश्चात् धरहराको पुन: निर्माणका बेला ओली सरकारले धरहरा बनाउने मात्र होइन,त्यसको वरिपरिको क्षेत्रलाई सुन्दर र पार्किगं सहितको गुरु योजना अघि सार्यो । धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्ने गरी पाँच भागमा छुट्याइएको थियोे । पहिलो, पुरानो धरहराको बचेको भागलाई पारदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने । दोश्रो, सोही भग्नावशेषसँगै पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित धरहराको निर्माण गर्ने । तेश्रो, भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने । चौथो, भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाचौँ, अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुनधारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ ।

तत्कालिन प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गर्नु भएको हो जसको निर्माण कार्य उति बेलै सम्पन्न भइसकेको थियो।ओली सरकार अदालतको परमादेशले ढल्नु अघि बनेको धरहराको भने केपी ओलीले उद्घाटन गरे भने पार्किगं लगायतको अरु काम भने बाँकिनै रह्यो । गठबन्धन सरकार बनेको यतिका वर्षसम्म भने बाँकि रहेको छुटमुट काम पनि हुन सकेन । पहिलो कुरा त पार्किगं धरहरामा गर्ने होइन, त्यो बहसको विषयनै होइन । पार्किगं स्पेश पूर्ण रुपले तयार नहुँदा गठबन्धन सरकारलाई प्रश्न र केपी ओली सरकारलाई धन्यवाद भन्नुपर्ने हो । तर बालेनले त्यसो नगर्नुको कारण छ । माथिको शिलशिलालाई हेर्ने हो भने उनले केपी ओलीको बिश्वशनीयत घटाउने रणनीति अन्तर्गत यो गरेको भान हुन्छ । अहिले नेपालमा दुईवटा बहस सुरु भएको छ । एउटा नेपाललाई जबरजस्त रुपमा भारतले अघि सारेको अग्निपथ योजनामा जोड्ने र अर्को भारतको अडानी समुहलाई तीनवटै अन्तर्राष्ट्रीय एयरपोर्टको ग्राउण्ड ह्याण्डलिगंको जिम्मा दिने । दुबै विषयमा केपी ओली र एमालेको रिजर्भेशन हुने कुरालाई बुझेर उनको तर्कलाई कमजोर हुने गरी उनी विरुद्ध भाष्य निर्माण गर्न खोजिएको देखिन्छ । पटक पटकको बालेनका स्टाटसका हर्कत र विकास बजेट २५ प्रतिशत भन्दा बढी खर्च नगर्ने तर लोकप्रियताका आडमा कुनै एक छिमेकिको लागि भाष्य निर्माण गर्ने राजनीतिमा बालेन लागेको आभाष हुन्छ ।

बालेनले आफ्नो दुई वर्षे कार्यकालमा उल्लेखनीय कुनै काम त गरेनन् नै हरेका पटक विकल्प बिनाको मुठभेड सृजना गर्ने हर्कत भने गरिरहे । आज उनले आफ्नो अकर्मण्यता लुकाउन धरहराको पार्किगं स्थल त प्रयोग गर्न खोजे तर उनले के बुझेनन् भने पार्किगंको विकल्पका लागि केपी ओली सरकारले पहिले नै सोचिसकेको थियो । त्यसको लागि आफुले सोच्न नसकेकोमा आत्मग्लानी गर्दै केपी ओलीलाई धन्यवाद दिनुपर्ने हो । बालेनको कालो चश्माले सेतो टावर पछाडिको केपी ओलीको दूरदृष्टिदेख्न नसक्नु राजनीतिक अपरिपक्वता हो ।

प्रतिक्रिया
सम्बन्धित