बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १५ गते १३:३८

काठमाडौं, १५ वैशाख । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित