बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

नेपाललाई चौथो सफलता, अविनाशले लिए विकेट

दैनिक नेपाल २०८१ वैशाख १५ गते १३:४३

काठमाडौं, १५ वैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ‘ए’का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् ।

यसअघि वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ‘ए’ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित