१ कार्तिक २०८३, आइतबार

सुनकोशीमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ४ जना घाइतेको परिचय खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

दुर्घटनामा चार जना घाइते भएका छन् ।

आइतबार बिहान करिब २ः३० बजे को. १ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ ।

मृतक महिलाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन् । घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।