मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

एसीसी प्रिमियर कपको हारले निरास छौँ, वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौँ : कप्तान पौडेल

दैनिक नेपाल २०८१ वैशाख १४ गते १९:०१

काठमाडौं, १४ वैशाख । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोली तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले एसीसी प्रिमियिर कपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेकोमा सिंगो टोली नै चिन्तित रहेको भएपनि वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार रहेको बताए ।

उनले भने, ‘एसीसी प्मिियर कपमा सुरुदेखि नै एकदम राम्रो भइरहेको थियो । समूह चरणमै धेरै कुरा हामीले पाइसकेका थियौँ । पहिलो चार वटा खेलहरुमा हामी सबैको राम्रो देखिरहेको थियो । सेमिफाइनल हारेपछि चाँही अलि निरास भयौँ । तर हामी बलियो भएर तेस्रो स्थानका लागि सबै जना तयार थियौँ । बट दुई वटा गेम हारियो । त्यो निरासा लिएर बस्नुभन्दा आउने टुर्नामेन्टका लागि हामी तयार छौँ, वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्छौँ । बेस्ट दिन रेडि छौँ ।’

पछिल्लो एक वर्षसम्म टोलीले राम्रो प्रदर्शन गरिरहेको भएपनि एसीसी प्रिमियर कपमा त्यो गति समात्न नसकेको पौडेलको भनाइ छ ।

अगामी मे मा हुने टी–२० विश्वकपको तयारी स्वरुप नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच शनिबारदेखि पाँच खेलको श्रृंखला हुन लागेको हो । शृंखलामा सहभागी हुने वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौं आइपुगेको छ ।

वेस्ट इन्डिजको टोलीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेको थियो ।

नेपालको प्लेइङ : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल ।

वेस्ट इन्डिज ‘ए’ को प्लेइङ : रोस्टन चेज (कप्तान), एलिक एथनाज (उपकप्तान), फाबियन एलन, कादिम एलिन, जोशुआ बिशप, केसी कार्टी, जोन्सन चार्लस, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हेडेन वाल्श ।

प्रतिक्रिया
सम्बन्धित