५ असार २०८३, शुक्रबार

एकजना डीआईजीसहित ६ जना एसएसपीको सरूवा, काठमाडौंको प्रमुखमा वसन्त रजौरे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । गृहमन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दलाई पठाएको छ ।

यस्तै, मन्त्रालयले ६ जना एसएसपीको पनि सरूवा गरेको छ । जसअन्तर्गत काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त रजौरेलाई ल्याइएको छ भने प्रमुख भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा पठाइएको छ ।

त्यस्तै, उपत्यका अपराध महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ भने महाशाखाको प्रमुख सोमेन्द्रसिंह राठौरलाई सुरक्षा परिषदमा सरूवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ भने कोशीका राजन अधिकारीलाई तालिम निर्देशनालय प्रधान कार्यालयमा तानिएको हो ।