शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दुनियाँ चकित पार्ने केपी ओली र एमालेको अविरल यात्राको सन्देश

दैनिक नेपाल २०८० पुष ५ गते २०:०४

-भानुभक्त ढकाल
नेकपा (एमाले) ले १४ मंसिरमा बैतडीको महाकाली नदी किनारबाट सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा पुस १ गते पाँचथरको चिवभञ्ज्याङमा पुगेर सम्पन्न गरेको छ । यो यात्रा सुरु गर्नु अघि यात्राको घोषणा गर्दा धेरै मानिसहरूले यसलाई हावा कुराको संज्ञा दिएका थिए ।

यो पूरा हुन नसक्ने हावादारी गफ र हावादारी यात्रा भनेका थिए । हामी पश्चिमदेखि पूर्वसम्म १८ दिनसम्म लगातार हिँड्यौँ । यो पूरा हुने भन्दा पनि सपना मात्र हो । यत्रो कसरी हिँड्न सक्नुहुन्छ केपी ओलीले ? उहाँले कसरी नेतृत्व गर्नुहुन्छ भन्ने एउटा बुझाइ मानिसहरूको छँदै थियो । यो अविरल यात्राको नेतृत्व केपी ओलीले जुन गर्नुभयो यसले दुनियाँ तीन छक परेको छ । यो यात्राको महत्त्व यति मात्र छैन । यो यात्राले धेरै प्रश्नको जवाफ दिएको छ । लोकतन्त्र विरोधी धेरै शक्तिलाई थला पारेको छ । लोकतन्त्र, समाजवाद, विकास, समृद्धिको पक्षमा रहेका देशभक्त जनता र शक्तिलाई उत्साहित बनाएको छ ।

नेकपा एमाले प्रति यत्रो घेराबन्दी हुँदा, नेकपा एमाले सत्तामा नहुँदा, अरू शक्ति लाग्दा पनि यो अभियानबाट एमालेले पुनर्जीवन प्राप्त गरेको छ । पार्टीमा आफू भित्रका कतिपय असन्तुष्टि, कुरा काट्ने, काम नगर्ने जुन प्रवृत्ति थिए यी प्रवृत्तिलाई पनि यो अभियानमा म लागिनँ भने छुट्ने भएँ भन्ने जुन स्थिति सिर्जना गर्‍यो यसले एमालेको जीवनमा नयाँ रिचार्ज भएको छ ।

केही समय यतादेखि पुर्नउत्थानवादी शक्तिहरू हाम्रा दिन आउन लागे भनेर सलबलाउन लागेका थिए । टाउको उठाउन लागेको थिए । मुख मिठ्याउन लागेका थिए । यत्रो लडाइँ गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक व्यवस्था विरुद्ध धावा बोल्न लागेका थिए । लोकतान्त्रिक गणतन्त्र माथि नै प्रश्न उठ्ला कि भन्न अवस्था सिर्जना भएको थियो । यसले समाजमा एक खालको भय सिर्जना गर्न लागेको थियो । यो यात्राले त्यसलाई चिर्ने मात्र होइन धुजा धुजा बनाएर च्यात्ने काम गरेको छ ।

पुराना दलप्रति जनाको आकर्षण घट्यो भन्ने जुन भ्रम समाजमा सिर्जना गर्न लागिएको थियो, त्यसलाई पनि यो यात्राले चिर्ने काम गरेको छ । विकास र समृद्धिको एजेण्डा बोकेर अगाडि बढ्नु पर्छ, इतिहास बोकेका पुराना दलहरू, योगदान भएका दलले नै जनताको मनोविज्ञानको नेतृत्व गर्न सक्छन् भन्ने कुरा पनि यो यात्राले स्थापित गरेको छ । नेकपा एमाले प्रति यत्रो घेराबन्दी हुँदा, नेकपा एमाले सत्तामा नहुँदा, अरू शक्ति लाग्दा पनि यो अभियानबाट एमालेले पुनर्जीवन प्राप्त गरेको छ । पार्टीमा आफू भित्रका कतिपय असन्तुष्टि, कुरा काट्ने, काम नगर्ने जुन प्रवृत्ति थिए यी प्रवृत्तिलाई पनि यो अभियानमा म लागिनँ भने छुट्ने भएँ भन्ने जुन स्थिति सिर्जना गर्‍यो यसले एमालेको जीवनमा नयाँ रिचार्ज भएको छ । पार्टीलाई थप सङ्गठित, एकताबद्ध र बलियो बनाएको छ । केपी ओलीको नेतृत्वमा एमालेको समग्र मूल नेतृत्व नै झुलाघाटबाट चिवाभञ्ज्याङ पुग्यो । एकताबद्ध अखण्डित एमाले बनाउने कुरालाई यो यात्राले स्थापित गरेको छ ।

यात्रा उद्घाटन भएर समापनको दिनसम्म पनि स्थानीय स्तरका के समस्या छन् ? के सम्भावना छन् ? भन्ने ध्यानाकर्षण पत्र र ज्ञापन पत्र प्राप्त भएका छन् । यसले मध्यपहाड समृद्धिको खाका बनाउने आधार स्तम्भ तयार भएको छ । पार्टीमा बुझाइमा एकरूपता कायम गर्न सहयोग पुगेको छ । जनताले एमालेलाई कति माया, सम्मान र श्रद्धा गर्छन् भन्ने कुरा यस पटकको यात्रामा विश्वले देखेको छ । यात्राको क्रममा नागरिकले मायाले दिएको फूल मालाको मात्रै हिसाब गर्ने हो भने पनि त्यसको अनुमान गर्न सकिन्छ । तिहारमा चेलीबेटीले दाजुभाइलाई उने जसरी अगाध माया मिसाएर उनेको मालाको महिमा न बोलेर वर्णन गर्न सकिन्छ न त्यसलाई लेखेर नै व्याख्या गर्न सकिन्छ । त्यो त अनुभूत गर्ने कुरा मात्र हो । तथापि यो यात्रालाई फूलको बहार भनेर जो कोहीले पनि सम्बोधन गर्न सक्छ ।

यस पटकको उत्सवमा मानिसहरू यसरी लागेका थिए कि तिहारमा चेलीबेटीले गर्ने फूलको झिलिमिली जत्तिकै यो फूलै फूलको यात्राको रूपमा पनि स्थापित भयो । सबै नागरिक आफ्नो हातको पहिलो माला पार्टी अध्यक्ष केपी ओलीलाई नै लगाउन आतुर देखिनुहुन्थ्यो । यो एमाले र उहाँको नेतृत्व प्रतिको समर्पित नागरिकको भावना हो । सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा नागरिक समर्थन हो भन्ने अर्थमा यसलाई बुझ्नु पर्छ ।

दिउँसो दुई बजे भनिएका नुवाकोट, रामेछाप लगायतका जिल्लाका कार्यक्रममा समयमा पुग्न नसक्दा राति १० बजेसम्म पनि नागरिक कुनै गुनासो नगरी बस्नुले एमाले प्रतिको माया दर्साएको छ । अहिलेसम्मको रेकर्डमा यति ढिलो आमसभा भएको इतिहास पनि यो कार्यक्रमले बनाएको छ । यो नियतवश गरिएको थिएन । समय र परिस्थितिले गराएको थियो । जसलाई नागरिकले सहजै बुझ्नु भयो, कुनै गुनासो वा आलोचना गर्नुभएन ।

मान्छेहरूले पहिला पहिला राजनेता वा केपी बा भन्दा जुन खालको मजाक र खिसिटेउरीको विषय बनाउने गर्दथे अहिले त्यो सर्वत्र स्थापित भएको छ । यसले नेकपा एमालेलाई मात्र होइन, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावमा पनि सकारात्मक प्रभाव पारेको छ ।
कोशी प्रदेशमा एमालेमाथि फिँजाउन खोजिएको संघीयता विरोधीको भ्रम पनि यो यात्राले तोडिदिएको छ । कोशी प्रदेशमा भएका ठुला-ठुला जनसभा र नागरिकको समर्थन तथा सत्कारले पनि ती सबै कुरालाई पुष्टि गरेको छ । दिउँसो दुई बजे भनिएका नुवाकोट, रामेछाप लगायतका जिल्लाका कार्यक्रममा समयमा पुग्न नसक्दा राति १० बजेसम्म पनि नागरिक कुनै गुनासो नगरी बस्नुले एमाले प्रतिको माया दर्साएको छ । अहिलेसम्मको रेकर्डमा यति ढिलो आमसभा भएको इतिहास पनि यो कार्यक्रमले बनाएको छ । यो नियतवश गरिएको थिएन । समय र परिस्थितिले गराएको थियो । जसलाई नागरिकले सहजै बुझ्नु भयो, कुनै गुनासो वा आलोचना गर्नुभएन ।

यो कार्यक्रमले जनता र एमालेको सम्बन्धलाई पनि व्यापक रूपमा स्थापित गरेको छ । अधिकांश ठाउँमा हाम्रा नेता र अभियानमा संलग्न व्यक्तिहरू जनताकै घरमा बस्नुभयो । त्यसले गर्दा जनताको प्रत्यक्ष कुरा पार्टी नेतृत्वले सुन्ने अवसर प्राप्त गर्‍यो ।
यो अभियान एमालेको मात्र अभियान होइन सबैको अभियान हो भन्ने कुरा पनि यात्राले स्थापित गरेको छ । एमाले बाहेकका राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले समेत अभियानको मञ्च प्रयोग गरेर त्यहाँका समस्या र समाधानका उपाय बारे आफ्ना धारणा राख्नु भएको छ । सम्मान सत्कार गर्नुभएको छ, बस्ने, खाने हिँड्ने लगायतका व्यवस्थापनको काममा पनि उहाँहरूले प्रत्यक्ष रूपमा नै सहयोग गर्नुभएको छ । यसले एउटा नयाँ राजनीतिक संस्कार विकास गराएको छ ।

अहिले एमालेले हारेको होइन जनताले आफूले हारेको अनुभूत गरिरहेको महसुस यात्राको क्रममा गरियो । केपी ओलीकै कारणले यो मुलुक बच्ने कुरामा नागरिक विश्वस्त भएको देखियो ।

सुरक्षाकर्मी र स्थानीय प्रशासनले गरेको सहयोग र दिएको सुरक्षा पनि अति प्रशंसायोग्य रह्यो । उहाँहरूले रातदिन नभनी कार्यक्रमको व्यवस्थापन र सुरक्षामा सहयोग गर्नुभयो । त्यसैले यो पार्टी निर्माण र पार्टीको अभियानको हिसाबले मात्र होइन राष्ट्र निर्माण र राष्ट्रिय एकताको हिसाबले पनि त्यतिकै महत्त्वपूर्ण यात्रा भयो । यात्राले राजनीतिमा पुनर्जागरण र दलहरू प्रति आस्था जगाउन सहयोग गरेको छ । यसको साथै राजनीतिक दलले अब राजनीति मात्र होइन विकास र समृद्धिको काम पनि सँगसँगै गर्नुपर्छ भन्ने मान्यता पनि विकास भएको छ ।

समाजमा बस्ने, खाने हिँड्ने कुरामा पनि नेताहरूको मर्यादा निर्धारण हुनुपर्छ भन्ने एक खालको जुन पुरानो मान्यता थियो त्यसलाई पनि यो यात्राले तोडिदिएको छ । यस पटकको यात्रामा पहिलो प्राथमिकता चालकले पाउनु पर्दछ, त्यस पछि सुरक्षाकर्मीले, त्यस पछि मात्रै नेताहरूको पालो आउनुपर्छ भनेर अध्यक्षले निर्देशन नै दिनुभयो । यसले जो धेरै खट्छ त्यसैलाई पहिलो प्राथमिकता दिनुपर्छ र कामको सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको छ । पार्टी अध्यक्षदेखि चालकसम्मको बसाई एकै ठाउँमा गराइयो यसले समानताको अवधारणा विकास गर्न मद्दत पुर्‍याएको छ ।

समकालीन राष्ट्रिय राजनीति भित्र केपी ओली जत्तिको आकर्षण पैदा गर्न सक्ने र विश्वास आर्जन गर्न सक्ने नेता कोही पनि छैन भन्ने कुरा यात्राले प्रमाणित भएको छ । अहिले नेकपा एमालेले हारेको होइन जनताले आफूले हारेको अनुभूत गरिरहेको महसुस यात्राको क्रममा गरियो । केपी ओलीकै कारणले यो मुलुक बच्ने कुरामा नागरिक विश्वस्त भएको देखियो ।

केपी ओली प्रतिको क्रेज बालबालिकादेखि वृद्ध-वृद्धासम्ममा देखिएको छ । यसले पार्टी अध्यक्ष स्वयम्लाई पनि प्रेरित गरेको छ । यसबाट समग्र पार्टी त उत्साहित नहुने कुरै भएन । साना नानी-बाबुदेखि वृद्ध वृद्धा बा-आमासम्मको आसिरवाद केपी ओली माथि छ । त्यसले उहाँलाई ऊर्जा र गति दिएको छ । राष्ट्रलाई नयाँ गति दिएको छ । साथमा विश्वास पनि आर्जन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित