३१ जेष्ठ २०८३, आइतबार

चुनावअघि भिजेको बिरालो जस्ता प्रचण्ड पछि बाघ जस्तो गर्जन थाल्नुभयो : बाबुराम भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उहाँलाई भरोषा गर्न नसकेको बताउनुभएको छ ।

बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनावअघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताउनुभएको हो । ‘चुनावपछि खोलो त¥यो लौरो विर्सियो भने जस्तो भयो । प्रचण्ड जी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो । ’

उहाँले दाहालले खोलो त¥यो लौरो विर्सियो भने झै आफूलाई व्यवहार गरेको स्मरण गर्दै थप्नुभयो, ‘अब फेरी माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रुपान्तरण गर्छौँ मिलेर जाऔँ भन्नुभयो । तर प्रचण्ड जि माथि मेरो विश्वास थिएन् । उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो ।’

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गर्नुभयो । ‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको ध्रुवीकरण छ हामी त्यसमा आउँछौं भनेको हो । त्यहाँ पार्टी एकिकरण गर्ने कहिँ भनेको थिएन,’ भट्टराईले भन्नुभयो ।

उहाँले देशका पुराना पार्टीहरु भ्रष्टाचारमा डुवेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जति गरे पनि नसच्चिने टिप्पणी गर्नुभयो ।