१७ असार २०८३, बुधबार

ट्राफिक सचेतनामा राजेश हमाल

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । अभिनेता राजेश हमालले ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडिओ अहिले निकै चर्चामा छ । साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्नसके सुनमा सुगन्ध हुने थियो ।

खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा हमालले बोलेको डाइलगले निकै चर्चा पनि बटुलेको छ । क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बसेडर बनेसँगै महानायक हमालले पहिलो काम जेब्रा क्रसमा पेलेर सवारी चलाउनेहरुलाई सावधानी अपनाउन भन्दै जनचेतना फैलाउने उद्देश्य स्वरुप भिडिओमा अभिनय गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताउनुभयो । अभिनेता हमाल स्वयं पनि उच्च शिक्षाका लागि विदेशमा पढ्नुभएका एक बौद्धिक व्यक्तित्व भएका कारण उहाँको यो विज्ञापन प्रभावकारी बन्ने कँडेल बताउँनुहुन्छ ।

भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा उत्साहित हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको दृश्य भिडिओमा देख्न सकिन्छ । एक मिनेट लामो भिडिओमा हमालले विदेशमा गएर आर्जन गरेको सीप र त्यहाँ सिकेका जानकारीमुलक कुराहरु आफ्नै देशमा फर्किएर परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चर्चित म्यूजिक भिडिओ निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियो एक मिनेट लामो रहेको छ । जसमा हमालसँगै मोडल सिम्रन पन्तको अभिनय देख्न सकिन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आफू विश्वस्त रहनुभएका निर्देशक पाण्डेले हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उर्तानुभएको छ । जुन भिडिओ यो समाचार तयार पार्दासम्म साडे पाँचलाख दर्शकले हेरिसकेका छन् ।

जसबाट निकै नै सकारात्मक प्रतिक्रिया आएको गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मीले बताउनुभयो । अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरूलाई निरन्तरता दिनेछ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत तयार गरिएको भिडिओ ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी  हुनेमा राजेश स्वयम विश्वस्त देखिनुभएको छ । महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नुहुनेछ ।