४ श्रावण २०८३, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम, २१ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुनेभएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

गत ६ वैशाखमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारी नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री बन्नुभएको हो ।

उहाँलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।