मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ : प्रदीप ज्ञवाली

दैनिक नेपाल २०८१ वैशाख १९ गते १३:१०

बैतडी, १९ बैशाख। नेकपा (एमाले) का उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उप निर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताउनुभएको छ ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवाललीले इलाममा विजय कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने प्रमाणित भएको बताउनुभएको हो ।

उहाँले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउँछौ भन्नेहरुको अवस्था पनि थाहा भएको स्पष्ट पार्नुभयो । ‘इलाम र बझाङको निर्वाचनले नयाँ हौ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउँछौ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन,’ ज्ञवालीले भन्नुभयो।

उहाँले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औँला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दावी गर्नुभयो । कार्यकर्ताहरुमाझ यो चुनावले एमालेलाइ उत्साहित बनाएको र यो उत्साहलाइ पार्टी निर्माणमा लगाउनु पर्ने धारणा उहाँको छ ।

नेता ज्ञवालीले एमालेलाइ चुम्बकजस्तो बनाउने बताउदै जसका वरिपरि सबै सक्कली कम्युुनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउने धारणा व्यक्त गर्नुभयो ।

उपमहासचिव ज्ञवालीसँगै पार्टीका स्कुल विभागका सचिव घनश्याम कोइराला, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पोलिटब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुग्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित