शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल

दैनिक नेपाल २०८१ वैशाख २० गते ९:३३

काठमाडौं, २० वैशाख । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित हुनुभएको छ । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उहाँले उपाधि चुम्नुभएको हो । डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल हुनुभएको छ ।

डा. ढुंगाना मोडल पनि हुनुहुन्छ । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहनुभएकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उहाँले १०० प्रतिशत क्रेडिट पाउनुभएको थियो । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दै हुनुहुन्छ ।

प्रतियोगतिामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । जसमा सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पार्नुभयो । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री हुनुभयो ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए । विजेता सबैले उपाधिको साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित