शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३०४ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

दैनिक नेपाल २०७८ मंसिर २१ गते १६:२४

काठमाडौं, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ९ हजार ३८६ जनाको आरटी–पीसीआर गर्दा २७२ जना र २ हजार ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जना गरी आज ३१५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ८ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख ७९ हजार १८० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ३५२ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित