शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छ : महासचिव पोखरेल

दैनिक नेपाल २०८१ वैशाख २२ गते २०:४८

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर कमिटीको आज सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताउनुभयो । ‘देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ ।’ उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि सावित भएको बताउनुभयो ।

यसैगरी, उहाँले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्‍याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा राख्नुभयो । यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने धारणा पनि उहाँको थियो ।

एमाले केन्द्रीय सदस्य एवं कीर्तिपुर नगर इन्चार्ज सुरेन्द्र मानन्धरले आन्तरिक कमजोरीका कारण स्थानीय सरकारको नेतृत्व गर्ने अवसर गुमाउनुपरेको कुराबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यअवसरमा महासचिव पोखरेलले वरिष्ठ जनवादी गायक रामकृष्ण दुलाललाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित