शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द हुने

दैनिक नेपाल २०८१ वैशाख २२ गते १९:२८

जनकपुर, २२ वैशाख । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

प्रतिक्रिया
सम्बन्धित