२१ जेष्ठ २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : अब एकसय रूपैयाँमा चुच्चे नक्शा, शिक्षकले हाने छात्रालाई गोली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।

पुरानो नक्सा परिवर्तन गरेर नोटमा चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले वैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभयो ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ एक सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिवर्तन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–