शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

दैनिक नेपाल २०८१ वैशाख २२ गते ७:०६

काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा पुगेको छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा र बिहीबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसामा कारोबार गरिएको थियो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित