शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

माधव नेपालले बोलाएको ‘भेलामा’ को–को पुगे ?

-विमल योगी काठमाडौँ, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गरेको भेलामा सचिवालय सदस्य, संसदीय दलका उपनेतादेखि बहालवाला मन्त्रीसम्म पुगेका छन् । काठमाडौँको बानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा भएको...

संविधान संशोधन आवश्यक छ : काङ्ग्रेस नेता पौडेल

वीरगञ्ज, १२ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार यहाँ आयोजित दुई दिने विधान...

सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारद्वारा गृहकार्य सुरु

हेटौंडा, १२ असोज । प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले थप गृहकार्य थालेको छ । प्रदेश सरकारले सुरुङ मार्गको निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदनका लागि...

बलात्कार र महिला हिंसाविरुद्ध झापामा शुरु भयो आत्मरक्षा तालिम

बिर्तामोड, असोज १२। बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन आज शुक्रबारबाट झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन थालिएको...

सङ्घीयता सफल बनाउने जिम्मेवारी सबैको हो : मुख्यमन्त्री राई

इटहरी, १२ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले गाउँपालिका...

प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरीलाई दुई–तिहाई मत

काठमाडौं, १२ असोज । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम रहने भएको छ । प्रदेशको स्थायी राजधानी गोदावरी निश्चित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले नाम सुदूरपश्चिम र राजधानी गोदावरी दुई तिहाई बहुमतले...

प्रदीप ज्ञवालीले अध्यक्षता गरेको बैठक किन छोडिन् भारतीय विदेशमन्त्रीले ?

काठमाडौँ, १२ असोज । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गरिरहेको सार्क परराष्ट्रमन्त्रीहरूको बैठक छोडेर बीचमै बाहिरिएकी छिन् । बैठकमा भारतीय विदेशमन्त्री स्वराज आफ्नो अभिव्यक्ति दिएर तत्कालै निस्किएकी हुन् । पाकिस्तानी...

चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनमा पारित गर्‍छौं : मन्त्री पोखरेल

काठमाडौं, १२ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) को आठौं वार्षिक साधारणसभा...

नाचैनाच र जात्रैजात्राको इन्द्रजात्रा

–गौतमबुद्ध बज्राचार्य  काठमाडौँ, १२ असोज । हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा शुक्रबार नानीचा याः गर्दै सम्पन्न हुँदैछ । इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा...

गृहमन्त्री थापा र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

काठमाडौँ, १२ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र...

१६ औं अनसनको चेतावनी दिँदै डा. केसीले मागे शिक्षामन्त्रीको राजीनामा

काठमाडौं, १२ असोज । डा. गोविन्द केसीले १६ औं अनसन बस्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग गरिएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै अर्को अनसनको चेतावनी दिएका हुन् ।...

दैनिक नेपाल छैटौँ वर्षमा

काठमाडौँ, १२ असोज । दैनिक नेपाल डटकम छैटौँ वर्षमा प्रवेश गरेको छ । साइन मिडियाबाट संचालित दैनिक नेपालका दैनिक लाखौं पाठक छन् । स्थापनाको छैटौँ बर्षको अवसरमा दैनिक नेपालका संस्थापक एवं प्रधान सम्पादक गणेश...
1 6,263 6,264 6,265 6,266 6,267 11,409