
काठमाडौं, २१ वैशाख । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेको आफ्नो सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।
बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले आफ्नो सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो । साथै, राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ ।
त्यस्तै, राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।








प्रतिक्रिया