१८ असार २०८३, बिहिबार

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २१ वैशाख । अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते हुनुभएको छ ।

जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते हुनुभएको हो ।

उहाँलाई बँदेलले घरको आगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ। उहाँको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ।

घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारको लागि सुर्खेत रेफर गरिएको छ।