१८ असार २०८३, बिहिबार

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । टी-२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।

नेपाली टोलीमा कप्तानी रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहनुभएको छ ।

त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा हुनुहुन्छ ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।