शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लोकतन्त्र कि अराजकतन्त्र ?

वि.वि. श्रेष्ठ २०७६ चैत २८ गते १८:४५

-वि.वि. श्रेष्ठ
लोकतन्त्र, गणतन्त्र का जीवन आहुति दिने महान शहिदहरु होस वा शहिदको सुचिमा दर्ज हुन नसकेका लोकतन्त्रका लागि जीवन गुमाएका आत्माहरु, त्यो मृतात्माभित्रको आत्मावाट नियाल्ने सोचलाई नियाल्ने हो भने क्षितिजमा वसेर कसरी ती आत्माहरुले लोकतन्त्रको मुल्यांकन गरे होलान् ?

साँच्चै लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हुनेवित्तिकै मुलुक समृद्ध र विकास हुन्छ भन्ने सोच आम व्यक्तिमा सोचनिय कति बने होलान् ? समाज र देश प्रति कुनै भुमिका नै नभएका हरुका लागि लोकतान्त्रिक गणतन्त्र समय विताउने साधन बनेको छ ।

कुनै पनि व्यवस्था आफैमा साध्य होईन, साधन मात्र हो । यति सम्म एकमात्र सत्य नबुझनेहरुका लागी लोकतन्त्र अराजकतन्त्रमा परिणत हुँदैछ ।

यही धरातल विनाको पृष्ठभुमिमा दौडिरहेका हरुका कारण अन्य व्यक्तिहरु पनि यसको शिकार बनिरहेका छन् । यही रवैयामा लोकतन्त्रको अनुकुलतामा रहने हो भने कुनै दिन यो लोकतन्त्र पनि अराजकतन्त्रमा हराउने छ ।

आफू अनुकुलतामा लोकतन्त्रको परिभाषा दिनेहरुको कमी छैन यो समाजमा । कुनै पनि शव्द आफैमा निराकार हुन्छ, त्यसको उचित परिभाषा र कार्यन्वयनले नै त्यो शव्दको गहनता पाईन्छ ।

लाखौँ करोडौँ सजिव प्राणीको पनि यो धर्ति हो भन्ने समेत वुझन नसक्नेहरु आज लोकतन्त्र र स्वतन्त्रता व्यक्तिको चेतनास्तर मापन गर्ने विधि बनेको छ ।

लोकतन्त्र र स्वतन्त्रताका शाब्दिक महत्व नबुझनेहरुका कारण समाज दुषित, अराजक वन्न गएको कुरा लोकतन्त्रका दुहाई दिने वौद्धिक मुर्खहरुले कदापी वुझन सकेनन । लोकतन्त्र र स्वतन्त्रता व्यक्ति विशेषको आग्रही, पुर्वाग्रहीलाई अभिव्यक्त गर्नका लागी मात्र होईन ।

विचार व्यक्त गर्दा खेरा व्यक्त गरेको विचार र वोलेको शव्दले अन्य व्यक्ति विशेषलाई पार्ने असरको पनि ख्याल राख्नुपर्ने मान्यतामा गाँसिएको हुन्छ, लोकतन्त्र ।

मन नलागेको विचार समुह, व्यक्तिलाई गाली गर्नु, अराजकता प्रस्तुत गर्नु र आफु अनुकुल व्याख्या नै सत्यता सम्झेर प्रस्तुत हुनेहरु लोकतन्त्र होईन, अराजकतन्त्र भित्र रमाईरहेका छन् । जसले लोकतन्त्र र स्वतन्त्रता शब्द नै धुमिल बनाईदिएको छ ।

विचार समुहहरुमा विभक्त हुनु र आफनो विचार राख्न पाउनु लोकतन्त्रको सुुन्दर पक्ष भएता पनि त्यो विचार ले पार्ने असरका वारेमा सोच्न नसक्नु लोकतन्त्रको मुल्य मान्यता भित्र पर्देन । जुन नेपालका सन्दर्भमा वेग्रल्ती पाउन सकिन्छ ।

वौद्धिक व्यक्ति सवै सभ्य हुदैनन, अनपढ सवै अराजक हुदैनन । कोही पुर्ण शिक्षित हुदैमा लोकतान्त्रिक हुने र कोही गरिव र अनपढ हुदैमा अराजक हुने पनि हुदैन ।

प्राध्यापक हुदैमा योग्य र शिक्षा प्राप्त गर्न नसक्नेहरु अयोग्य हुदैन । यो समान्य विषय हेक्का नराख्नेहरुले लोकतन्त्र र स्वतन्त्रका नाममा गरिएको नाङ्गो नाँचले नेपालमा लोकतन्त्रको कस्तो अभ्यास भईरहेका पाईन्छ ।

जुन चरित्र नेपालको उच्च नेतृत्वमा वसेको होस वा अन्य क्षेत्रमा वसेको आफुलाई कथित विद्धता सम्झनेहरुको हकमा पनि लागु भईरहेको छ ।

आर्थिक उपार्जन नै संसारका सवैभन्दा ठुलो वस्तु सोच्नेहरुको यो वौद्धिकताले त्यो प्राप्तित वस्तु उपार्जनमा गरिने हत्कण्डा नै लोकतन्त्र र स्वतन्त्रता बनेको छ ।

यही लोकतन्त्र र स्वतन्त्रताका रवैयामा अगाडी वढ्ने हो भने नेपालको राज्य व्यवस्था नै शिथिल वन्न जानेछ । व्यवस्था आफैमा साध्य होईन, यो आफैमा पुर्ण पनि हुदैन । यो त जनताले गर्ने व्यवहारले यसको शाब्दिकता र महत्व बुझाउँछ ।

तर कथित लोकतन्त्रका नाममा गरिएको यो अराजकतन्त्रले आम जनतामात्र होईन, विश्व समुदाय नै अलमलमा परेको छ । व्यक्ति हरेक रुपमा पुर्ण र सवल हुनका लागि व्यक्तिको चेतना स्तर नै महत्वपुर्ण अस्त्र बन्दछ ।

तर कुनै पनि विषयमा विज्ञता हासिल गरेका हरुको हालीमुहालीले लोकतन्त्रका परिभाषा र कर्मले लोकतन्त्र र स्वतन्त्रतालाई नै धज्जि उडाईदिएको छ ।

समाज कस्तो वन्ने भन्ने कुरा त्यहाँ रहने व्यक्तिको चेतनास्तरले मापन गर्दछ । आस्था र विश्वास फरक फरक हुनसक्दछ, त्यसको उठान निश्चित स्थानमा मात्र उचित हुन्छ भन्ने समेत वुझन नसक्ने समाजका कथित वौद्धिकवर्गहरु ठुला ठुला स्वरले लोकतन्त्र र स्वतन्त्रताका विगुल फुकिरहेका छन् ।

कुनै पनि व्यक्ति उचाईमा पुग्नु ठुलो कुरा होईन, उ त्यो उचाईमा टिक्न सक्छ कि सक्दैन र त्यो उचाईको गरिमा जोगाउन सक्दछ कि सक्दैन भन्ने सार समेत नवुझेकाहरु राज्य व्यवस्थाका केन्द्रभागमा आसिन छन् । जीवनको मुख्य सार के हो भन्ने चेतनास्तर नभएकाहरु देशका विद्धान र वौद्धिक वर्ग छन् ।

जसले आफनो विचारधाराले देश चलिरहेको खोक्रो आभास गरिरहेका छन् । यहि खोक्रो आभासका वीचमा चालिएका कदमहरु लोकतन्त्रका शत्रु हुन् । जुन शत्रुहरु टोल हुदै केन्द्र सम्म विराजमान बनेका छन् ।

त्यस्ता जीवन, देश र समाजसेवा र जनताका परिभाषा समेत नवुझनेहरु लोकतन्त्र र स्वतन्त्रताका चर्को भाषण गरिरहेका छन्, हामीहरु अन्धभक्त वनेर ती लोकतन्त्रका जननी सम्झेर पुजा गरिरहेका छौँ ।

आफू अनुकुलतामा नै समाजको चित्रण गर्नेहरु समाजका धमिराहरु हुन् जसले विद्धताका नाममा देशलाई नै अराजकतर्फ धकेलिईरहेका छन् ।

जुन नेपालका सन्दर्भमा छरपस्ट देख्न सकिन्छ । व्यक्तिको मापन त्यतिखेरि गरिन्छ, जव उसले गर्ने र भन्ने व्यवहारमा समानता पाउन सकिन्छ ।

खोक्रो र सस्तो लोकप्रियताका लागि आफनो पदिय जिम्मेवारीको समेत महशुश गर्न नसक्नेहरु चर्को लोकतन्त्रका कुराले जित्न खोजिरहेका छन् ।

आस्था र विश्वास फरक फरक हुनसक्दछ, त्यसको उठान निश्चित स्थानमा उचित हुन्छ भन्ने समेत वुझन नसक्नेहरु समाजका वौद्धिक वर्गमा पर्न ठुला ठुला स्वरले लोकतन्त्र र स्वतन्त्रताका विगुल फुकिरहेका हुन्छन् ।

शिक्षाको सम्पन्नताले उसको चेतनास्तर नापिदैन । आर्थिक रुपमा सम्पन्न हुने वित्तिकै हरेक कुरामा सवल छ भन्ने सोच्नु कमजोर चेतनास्तरको उपज हो । समाज कस्तो वन्ने भन्ने कुरा त्यहाँ रहने व्यक्तिको चेतनास्तरले मापन गर्दछ ।

आर्थिक रुपमा शक्तिशाली भनेको पुर्ण रुपमा सम्पन्नता हुन सक्दैन । जुन कुरा ईतिहास र वर्तमान विश्व परिवेशले पनि पटक पटक पुष्टि गरिसकेको छ ।

सवैको सम्मान, हक, स्वतन्त्रता र समान अधिकार नै लोकतन्त्र हो । लोकतन्त्रका नाममा व्यक्तिको सवै अभिव्यक्ति क्षम्य हुन सक्दैन । आफनो अधिकार र स्वतन्त्रताका कुरा गर्नेले अर्काको पनि अधिकार र स्वतन्त्रताको विचार गर्न सक्नुपर्दछ ।

विचारसमुहका नाममा अन्धभक्त हुनेहरु लोकतन्त्रका नाममा जे पनि गर्न छुट हुदैन । जुन यथार्थलाई अवलम्वन गर्न सकेन भने कथित लोकतन्त्र र स्वतन्त्रताले नै सिध्याउने कुरामा कुनै शंका छैन ।

प्रतिक्रिया
सम्बन्धित