२७ असार २०८३, शनिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।