४ श्रावण २०८३, सोमबार

बझाङमा उत्साहपूर्वक मतदान जारी

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १५ वैशाख । बझाङ प्रदेश सभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् ।

निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।

प्रदेशसभा निर्वाचन क्षेत्र ९१० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।