शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डा बाबुरामलाई लोकतन्त्र दिइहाल्नु पर्‍यो सरकार !

निर्मल भट्टराई २०७६ चैत २६ गते १५:१९

-निर्मल भट्टराई

कोरोनाभाइरसले विश्वमा हाहाकार मच्चाईरहेछ । हजारौँ वर्ष लगाएर निर्माण गरेको मानव उपलब्धि र सामर्थ्यलाई चुनौति दिँदै यो भाईरसले विश्वका सबैजसो देशमा आफ्ना खुनीपञ्जा पुर्याएको छ ।

यसको उद्गम स्थल चीनमा यो नियन्त्रणको चरणमा रहे पनि युरोप र अमेरिकन महादेशमा यो आजका मितिसम्म नियन्त्रण बाहिर छ ।

दक्षिण एशियाको सबैभन्दा बढी जनसंख्या भएको भारतमा यसको संक्रमण बढ्दै जाँदा हालसम्म नेपाल सरकारको नियन्त्रणका प्रभावकारी नीतिकाकारण यसको संक्रमण एकोहोरो अंकमा सीमित छ ।

स्रोत, साधन र प्रविधिको हिसाबले अत्यन्त कमजोर मानिएको नेपालले वर्तमान अवस्थालाई निरन्तरता दिन सक्यो भने र जनताको धैर्य र संयमले निरन्तरता पायो भने यो महामारीबाट नेपाल पूर्णतः सुरक्षित हुने स्थिति पैदा भएको छ ।

प्रादेशिक र स्थानिय सरकारको समन्वयमा कोभिड–१९ नियन्त्रण, चेकजाँच र उपचारको लागि चाहिने भौतिक व्यवस्थापन र स्वास्थ्य सामग्रीको यथोचित प्रबन्ध गरिरहेको छ ।

सेता वस्त्रधारी डाक्टर र स्वास्थ्यकर्मीको नेतृत्वमा लडिने यो युद्धबाट विजयी हुन उनीहरुको मनोबल उच्च बनाउने प्याकेजहरु घोषणा र कार्यान्वयन भएका छन् ।

कोरोना नियन्त्रण गर्न नेपाल सरकारले चालेका कदमको विश्व स्वास्थ्य संगठन, मित्र राष्ट्रहरु, र नेपाली जनताले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो महायुद्धमा सरकारले चालेका कदमहरुको समर्थन र सहयोग गर्ने औपचारिक निर्णय गरेको छ ।

तर विडम्वना, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई सरकारको यो कदम पटक्कै मन परेको छैन ।

सरकारको विरोधमा उनले आफ्ना फेसबुक र ट्वीटर व्यस्त बनाएका छन् । सरकारी निर्णय भुईंमा खस्न नपाउँदै उनलाई उखरमाउलो भईहाल्छ र विरोधमा उत्रिहाल्छन् ।

जीवनको अडेस काल सुरु भएकोले हुनसक्छ, महाविद्वान् डा. भट्टराई केही सीमित पदावलीको मात्र प्रयोग भईरहेको देखिन्छ ।

उनले जीवनमा गरेको सारा ज्ञान विस्मृतिको खाडलमा खसेको हो कि भन्ने भान हुन्छ । ती केही पदावली हुन्, जातिय पहिचान, माओवादी जनयुद्ध र लोकतन्त्र ।

यिनले जातिय पहिचान पदावलीको प्रयोग केवल आफ्नो राजनीतिक स्वार्थको लागि गरिरहेका छन् । शदियौँदेखि मिलेर बसेका नेपाली नेपालीबीच जातीय विद्वेष फैलाउने र त्यही भद्रगोलबाट राजनीतिक लाभ लिने ध्येय पालेका छन् ।

त्यही कारण उनी कहिले दौरा सुरुवाल लगाएको फोटो फेसबुकमा पोष्ट्याउछन्, कहिले थारु मधेसी भेषमा उदाउँछन्, कहिले हिन्दु परम्पराअनुसार दशैँको टिका लाएको तस्वीर सार्वजनिक गर्छन् त कहिले हिन्दु धर्म र संस्कारको उछित्तो काड्छन् ।

बरु मृगले मरुभूमिमा पानी भेटाउला, देशको जातिय संरचना र धार्मिक–सांस्कृतिक परम्पराबारे डा. बाबुरामको विचारको मेसो भेटाउन सकिँदैन ।

उनले अझ पनि माओवादी जनयुद्ध भन्ने पदावली बारम्बार प्रयोग गरेको देखिन्छ । आफू सुरुदेखि नै सामेल भएको र नेतृत्व गरेको सो विद्रोहको ह्याङ्ओभर उनमा बाँकी हुनु अस्वभाविक होइन । तर त्यो पदावली अहिले उनी कसैलाई खिसी–टिउरी गर्न इस्तेमा लगरिरहेछन् ।

वैचारिक, सांगठनिक र सैनिक सबै हिसाबले माओवादी लाईन विसर्जन गरेर तत्कालीन नेकपा (एमाले) सँग एकतामा आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताकार्यकर्तालाई भाड्न र विच्क्याउन उनी यो पदावली प्रयोग गरिरहेछन् ।

तत्कालीन बाम गठबन्धनबाट एक हप्ता पनि टिक्न नसकेर भागेका भट्टराई एमाले–माओवादी एकता भाँड्न अहिले पनि कुनै न कुनै हिसाबले सक्रिय छन् ।

उनले अहिले बढी प्रयोग गरिरहने पदावली लोकतन्त्र हो । समस्या के छ भने उनी आफूबाहेक अरु सबैलाई ‘अलोकतान्त्रिक र असहिष्णु’ देख्छन् ।

कोरोनाको विश्व महामारीमा पनि, लकडाउनको वाध्यतामा पनि, विश्वका अधिकांश देशले आपतकाल घोषणा गरेको बखत पनि, अमेरिका युरोपजस्ता ‘महान लोकतन्त्रवादी’ देशहरुले समेत कोभिड १९ सँग लड्न सेना खटाएको अवस्थामा पनि नेपाल सरकारले सो महाव्याधिको प्रतिकार्य गर्न सेनालाई आवश्यक स्वास्थ्य सामग्रीको खरिद–उपलब्ध गराउने जिम्मा दिएकोमा यिनलाई लोकतन्त्रको चिन्ताले रातभर निन्द्रा लागेन । विहानै कराए, कोरोना नियन्त्रणमा सरकारले नेपाली सेनालाई सँगै लिएर हिड्नु लोकतन्त्रको लागि महान खतरा हो !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो महायुद्धमा सरकारले चालेका कदमहरुको समर्थन र सहयोग गर्ने औपचारिक निर्णय गरेको छ ।

तर विडम्वना, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई सरकारको यो कदम पटक्कै मन परेको छैन ।

सरकारको विरोधमा उनले आफ्ना फेसबुक र ट्वीटर व्यस्त बनाएका छन् । सरकारी निर्णय भुईंमा खस्न नपाउँदै उनलाई उखरमाउलो भईहाल्छ र विरोधमा उत्रिहाल्छन् ।

जीवनको अडेस काल सुरु भएकोले हुनसक्छ, महाविद्वान् डा. भट्टराई केही सीमित पदावलीको मात्र प्रयोग भईरहेको देखिन्छ ।

उनले जीवनमा गरेको सारा ज्ञान विस्मृतिको खाडलमा खसेको हो कि भन्ने भान हुन्छ । ती केही पदावली हुन्, जातिय पहिचान, माओवादी जनयुद्ध र लोकतन्त्र ।

देशबासीका नाममा प्रधानमन्त्रीको पछिल्लो सम्बोधनमा अहिलेको समय ‘जीवन कि व्ययक्तिक स्वतन्त्रता’ भन्नेमा अल्मलिन नहुने र अहिलेको प्रमुख आवश्यकता जनताको जीवन रक्षा गर्नु नै हो भन्ने उल्लेख गरिएको छ । यसको आशय जनताको संघर्ष र वलिदानबाट प्राप्त लोकतन्त्रान्त्रिक अधिकार छिन्ने नभई सामान्य अवस्थामा जस्तो जनताले निर्वाद हिड्डुल र काम कारवाही गर्न नपाएको अवस्थालाई ईङ्गित गर्न खोजेको प्रष्ट देखिन्छ । डा.साबलाई फेरि निन्द्रा लागेन ।

विहानै विरोधको स्वर निस्कियो–हामीलाई जीवन पनि चाहिन्छ, लोकतन्त्र पनि चाहिन्छ । प्रधानमन्त्री अलोकतान्त्रिक र असहिष्णु भए !

डा. साबले प्रष्ट पारेको भए हुन्थ्यो, यही महामारीको बेला कस्तो लोकतन्त्र चाहिएको हो ? अमेरिकाको जस्तो ? युरोपको जस्तो ? कस्तो ?

र, सरकारलाई एउटा आग्रह छ, जस्तोसुकै भयानक आपतमा पनि कसै न कसैलाई आफ्नो जिरहको बाँसुरी बजाउन दिनै पर्ने भएकाले यसपालि लोकतन्त्रका नयाँ मसिहा डा. भट्टराईलाई यो अवसर दिँदा कुनै फरक पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित