मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

आगलागी पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

दैनिक नेपाल २०८१ वैशाख १४ गते १५:२६

काठमाडौं, १४ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीका पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार गृहमन्त्रालमा डढेलो तथा आगलागी नियन्त्रण र आउन सक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तर्गत ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उहाँले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न आग्रह गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्दारको लागि निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो,‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस् । यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ । यो चाहीं हुँदैन् । मैंले रोकेको छु भने मलाई अहिले भन्नुहोस् । सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस् । कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस् ।’

कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनिवन ढडेलो तथा आगलागी हुने गरको उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित