आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

विकु लामाको ‘सुनको सिक्री’ गीत सार्वजनिक

दैनिक नेपाल २०८१ वैशाख १३ गते २०:२९

काठमाडौं, १३ वैशाख । साहित्यकार तथा गीतकार विकु लामाको ‘सुनको सिक्री’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रघुजी फ्ल्म्सिको प्रस्तुती रहेको गीतको म्युजिक भिडियो बिहीबार साँझ ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतकार लामाको शब्द तथा निर्माण रहेको ‘सुनको सिक्री’ गीतमा चर्चित गायक सुरेश लामाको स्वर रहेको छ भने संगीत धनु ग्याङ्मीको रहेको छ ।

उत्तमप्रसाद अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा तालिशा गुरुङ, नुप गुरुङ र सोनाक्षी महतको अभिनय हेर्न सकिन्छ ।

विगत लामो समयदेखि देशका विकट गाँउमा रहेका विद्यालयहरुमा पुस्तकालय स्थापना गर्ने अभियानमा लागिरहनुभएका लामाका ‘मृत्यु बिर्सिनेहरु’ र ‘सपनाको ट्रान्जिटमा’ कविता संग्रह तथा ‘सोइनम’ यात्रा संग्रह प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित