मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दलाल पूँजीवादी व्यवस्थाभित्रको निर्वाचन

मेघराज भट्टराई २०७८ माघ ५ गते १०:१६

देशको वस्तुगत अवस्था आधा नेपाली मतदाता खाडी युरोप अमेरिका र भारतीय भुमिमा जीवन निर्वाह गदैछन् ।

उत्पादन शून्य छ, राज्यका कुनै पनि अंगले काम गर्न सकेको अवस्था छैन । जनतामा राजनीतिक पार्टीप्रति निराशा, आक्रोश र अविश्वास सृजना भएको छ ।

यहाँ भएका उद्योग कलकारखाना सबै भारतीय उद्योगपतिलाई बेचिएको अवस्था छ । जब देशको आर्थिक श्रोत बन्द हुन्छ जनतालाई जीवन चलाउन घर छोडेर बिदेशिन वाध्य हुन्छन् ।

मेघराज भट्टराई

आज हाम्रो देशका आधा नेपाली विदेशी भूमिमा ज्यानको बाजी थापेर रेमिट्यान्स पठाउन रात दिन पसिना बगाइरहेका छन् । ताकी आफ्नो जहान बच्चाको जिन्दगी सरल तरिकाले चलोस् । तर यहाँ उत्पादन नहुँदा हामीले पठाएको पैसा सबै बिदेशिन्छ र नेपाललाई हात लाग्यो सुन्ना भै रहेकोछ ।

जनताका सेवक हौं भनेर राजनीतिको नाममा खुलेका कथित राजनीतिक पार्टीहरुको क्रियाकलाप नेपाललाई फाइदा हुने काम होइन आफू कसरी फाइदा हुन्छ त्यतातिर छ ।

मैले राजनीतिक पार्टीलाई कथित किन भनेँ भन्दा हाम्रा सपना बेचेर राष्ट्रघात गर्ने अरबौं अरब भ्रष्टाचार गर्ने सत्ताका लागि व्यक्तिहत्या, चरित्रहत्या, बलात्कार र कमिसन खानेलगायत काम गर्दै आएका दलहरू छन् ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशकेन्द्रित दललगायत राजनीतिक पार्टीहरू कहीँ न कहीँ राष्ट्रलाई कमजोर बनाउने र राष्ट्रघातका कामहरूमा संलग्न हुँदै आएका छन् । तत्कालीन राज्य सत्ताले खोलेका उद्योग बेचेर खाए । संसार घुम्ने हाम्रा वायुसेवा निगमका जहाज आज सीमित देशमा मुस्किलले उडेका छन् ।

यो भन्दा लाजमर्दो के होला ? हाम्रो नेपाल आयल निगम खरबमा घाटा बेहोर्दै छ । टेलिकम, खाद्य संस्थान, साझा यातायात, ट्रली बस, बारुदखाना बैद्यखाना, कागज कारखाना, छालाजुत्ता कारखाना, कपडा उद्योग, कृषि औजार कारखाना, चिनी मिल, रोप–वे सबै सकियो ।

नेपाली सेनासँग जर्मनीमा बनेको हतियार छ, तर त्यसमा लाग्ने गोली (बुलेट) भारतले दिएन भने हामी निहत्या हुंछौ । यो कसले गरायो ? के यही हो परिवर्तन ? हामीलाई यही अग्रगामी लाग्न थाल्यो भने त हामी सकिने नै हो ।
गोरखकाली टायर कम्पनी खोई ?

जमीन भूमाफियालाई प्राकृतिक साधनश्रोत भारतलाई इमान्दार नेपाली विदेशीलाई युवती वेश्यालयमा बेचेका छन् नेपाली दलाल राजनीतिक पार्टीले । अब यहाँ के बाँकी रहयो त ? अझै हामी नजाग्ने हो भने यसैमा सीमित हुने हो भने यो देश असफल राष्ट्र घोषित हुने निश्चितप्रायः भइसकेको छ ।

त्येसैले हामीले अब कसलाई मत दिने ? लेखेर, बोलेर, गरेर एक हुँदै क्रान्तिकारी नीति कार्यक्रम लिएर राम्रो नियतबाट स्वचालित हुनु पर्‍यो । अब देखाउनका लागि विदेशीको पैसा खर्चेर माफियासँग पैसा लिएर चुनाव गराउने र देशद्रोह गर्ने प्रमाणपत्र दलहरूलाई हामीले दिनु हुँदैन ।

यो संविधानमाथि टेकेर नयाँ जनवादी व्यवस्थाका लागि तयारी गरेर कार्यक्रम बनाउनुपर्छ उद्योगको जग्गाजमीन छन् त्यसमा लगानी गरेर देशभित्र उत्पादन शुरू गराउनु पर्‍यो ।

कृषिलाई आधुनिकीकरण गर्न पर्‍यो । यहाँ भारतले आफ्नो एजेन्डा पास गराउन उसैका दलाललाई पैसा खर्चेर निर्वाचनबाट जिताउँछ अनि आफ्नो मनपरी गराउँछ । यो विगत ३१ वर्षदेखि हामीले भोग्दै आएका छौं । राजमोले यो देशको अर्थतन्त्रले संघीय व्यवस्था हाम्रो देशले थेग्न सक्दैन हामीले संघीयता खारेज गर्नुपर्छ भन्दा राष्ट्रिय पार्टी हुन पनि सकेन ।

यत्तिसम्म भन्छन कि जनताले मुद्दा त ठीक हो तर सानो छ जित्दैन भन्दै आएको धेरै भैसक्यो । यही प्रकृयामा कहिलेसम्म चलाइराख्ने हो ? आज चुनाव नै संघर्षप्रधान बनाउनुपर्नेमा हामी उपभोगवादी बन्दै जाने हो भने के को क्रान्तिकारी के को कम्मुनिष्टको झन्डा नारा लगाउनु पर्‍यो ? यो राष्ट्रघातीहरुसँग कार्यगत एकता गरेर एक–दुई सीट जितेर पनि के अर्थ हुन्छ र ?

तेसैले हामीले यती महँगो खर्चिलो भ्रष्ट व्यवस्थाको निर्वाचनलाई बहिष्कार गर्नुपर्छ र झुपडीको बाटो तताउनु राम्रो हुन्छ कि ? जहाँ गरिब दुःखी गरिखाने वर्गका लागि चेतना जगाउन सकियोस् ।

(यो लेखकको निःतान्त निजी विचार हो –सम्पादक)

प्रतिक्रिया
सम्बन्धित