शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

दैनिक नेपाल २०८१ वैशाख १८ गते ७:३३

काठमाडौं, १८ वैशाख । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल अन्तरले हराएको छ ।

नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे ।

खेलको २२औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै भ्यालेन्सिया खेलमा फर्कियो । ह्युगो डुरोले २७औं मिनेटमा गोल गरे । ३८औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाउँदा पापेलुले गोल गरे र अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा भ्यालेन्सि गोलकिपर जियोर्जी मामारडासभिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दोस्रो हाफ पुरै दबाबमा पर्‍यो । जसको फाइदा उठाउँदै लेवान्दोस्कीले तीन गोल गरे । उनले ४९, ८२ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितका बाबजुत बार्सिलोना रियल मड्रिडभन्दा ११ अंकले पछि छ । ३३ खेलबाट रियल मड्रिड ८४ अंकका साथ शीर्ष स्थानमा छ भने बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित