बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

भारतका पूर्वप्रधानमन्त्रीका छोरामाथि यौन शोषणको आरोप

दैनिक नेपाल २०८१ वैशाख १७ गते ९:१८

नयाँदिल्ली, १७ वैशाख । पूर्वप्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।

एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्वमन्त्री भइसक्नुभएका व्यक्ति हुनुहुन्छ । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सिटबाट सांसद र जीडिएसका उम्मेदवार हुनुहुन्छ । उहाँहरुमाथि घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको आधारमा होलेनारसीपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।

यसअघि सामाजिक सञ्जालमा अश्लील भिडियो भाइरल भएको थियो । त्यसपछि राज्य सरकारले २७ अप्रिलमा एसआईटीलाई अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित