शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्राणायम एक उर्जा

दैनिक नेपाल २०७८ जेठ ११ गते १५:२९


-सुदर्शन जोशी “तेजस्वी“

श्वास भित्र लिने, श्वास भित्र रोक्ने, श्वास बाहिर फाल्ने, श्वास बाहिर रोक्ने यी चार आयामलाई शरीर, वातावरणका आधारमा खेलाएर उर्जा पैदा गर्ने, श्वासलाई सफा गर्ने, विकार तत्व बाहिर फाल्ने, अक्सिजनको मात्रा वढाउने, कम अक्सिजन हुदा पनि आरामले वाच्न सक्ने ज्ञान विज्ञानरुपि कला हो प्राणायाम ।

प्राणायामको बारेमा केही ज्ञान नभएको व्यक्तिले पनि श्वास लिने, फाल्ने गरिराखेकै हुन्छ । किनकी श्वास नलिईकन कोहि यश धर्तिमा वाचि रहन सक्दैन ।

धेरै प्राणायमको विधि, प्रकार नजानेको व्यक्तिले पनि त्यहि स्वासको गति लाई अरु वेला भन्दा लामो समय लगाएर पुरै फोक्सो भरिने गरि श्वास भित्र तान्ने र तानेको भन्दा अझै लामो समय लगाएर पुरै फोक्सो खालि हुने गरि बिस्तारै श्वास बाहिर छोड्ने हो भने उर्जा बढिहाल्छ । श्वास भित्र लिदा आनन्द भएको र बाहिर फाल्दा उर्जा वढेको महसुुस गर्दा अतिउत्तम हुन्छ ।

प्राणायाम भनेको प्राणको आयाम हो, स्वासको निर्देशन, च्यानल, वाटो हो । अचम्मको कुरा के छ भने श्वास र भावनाको प्रत्येक्ष सम्बन्ध हुन्छ । रिस उठ्दा, तनाव हुदा श्वास को गति छिटो छिटो हुन्छ ।

त्यो तनाव, रिस रुपि नकारात्मक शक्तिलाई, सकारात्मक शक्ति शितलता, नम्रता, आनन्दमा बदल्नको लागि त्यहि स्वासको गतिलाई बिस्तारै लामो समय लगायर लिने फाल्ने गर्नु पर्दछ ।

कुनै व्यक्ति हामिलाई मन पर्दैन र उसको अगाडि हामी पुग्यौ भने श्वास फेर्न पनि गाह्रो हुन्छ यसको अगाडि हुदा त भन्छौ । त्यसैले फोक्सो मात्र नभएर मन पनि प्राण संग सम्बन्धित छ ।

कोहि कम सन्चो भएर हस्पिटल गएको छ भने, शुरुमा भेट्ने बित्तिकै डाक्टरले विरनमिलाई लामो श्वास तान्नुहोस त भन्नुहुन्छ । त्यसैले यो भन्न सकिन्छ कि सधै लामो श्वास तान्नु शरीर, मस्तिष्क र मनलाई नै राम्रो हुन्छ । यसले निरोगि, स्वस्थ, स्वच्छ राख्न मद्दत गर्दछ ।

लगभग १ दिनमा २१६०० पटक, जिवनभर एक लाख पटक, एक चोटि श्वास तान्दा आधा लिटर श्वास फेर्ने गर्दछौ । तर फोक्सोले एक चोटि रोक्दा ६ लिटर होल्ड गर्न वा राख्न सक्दछ । त्यसैले जति श्वास फेर्ने तरिका लामो वनाउछौ त्यति लामो आयु बाँच्दछौँ । श्वास भनेको प्राण, प्राण भनेको वायु र वायु को सम्बन्ध आयुसँग छ ।

स्वभावैले नै गहिरो श्वास लिने अभ्यास गर्दा राम्रो हुने गर्दछ । श्वास रोक्ने अभ्यासले रोक्न सक्ने क्षमता वढ्दछ । नियमित प्राणायम गर्ने मान्छे दुई मिनेट सम्म श्वास रोक्न सक्दछ । प्राणायमको सम्बन्ध ध्यान संग पनि छ । जति हावा स्वच्छ हुन्छ त्यति ध्यान घटित हुन्छ । जति लामो श्वास तान्छौ त्यति रगत राम्रो हुन्छ ।

यो अभ्यासले सुख, शान्ति प्राप्त भई अनुहारमा आभा प्रस्फुटित हुन्छ । अनुहारमा सुख्खापन, चाउरि, चिन्ताका रेखा पनि हट्दछ । प्राणायामले फोक्सोको शक्ति र क्षमता दुवै बढाउँछ । जीवनी शक्ति, प्रतिरोधात्मक क्षमता बढाउँछ । उच्च मनोवल बढाउँछ । खुशी रहन मद्दत गर्दछ । ध्यान केन्द्रित हुन सहयोग गर्दछ ।

तनाव कम हुन्छ । रिसाउने बानी हटाउँदछ । जसरि कुनै सामाग्रि कम प्रयोग गर्दा त्यसमा खिया आउँदछ र छिटो बिग्रन्छ । त्यस्तै हो यो फोक्सो पनि यसलाई स्वच्छ राख्न नियमित प्राणायाम गर्नु पर्दछ । यसले शरीर र मनलाई दृढता प्रदान गर्दछ ।

केही प्राणायमहरु यश प्रकार छन्:

१) भ्रामरी प्राणायमः–
२) सचेत प्राणायामः–
३) कपालभाती प्राणायामः–
४) भस्त्रिका प्राणायामः–
५) नाडीसोधनः–
६) सामान्य प्राणायामः–
७) शितली प्राणायाम,
८) उज्जयी प्राणायाम
९) अन्य प्राणायामः–

श्वास प्रस्वासको गतिलाई संयम गर्नुलाई नै प्राणायम भनिन्छ । प्राणायाम योगको चौथो अंग हो । आठ खुट्किलाहरु मध्ये यम, नियम, आसन पछि प्राणायाम योग पर्दछ । श्वास प्रकृयालाई नियन्त्रण गर्दै त्यसमा एक अनुशासित क्रम ल्याउनु नै प्राणायाम हो ।

जुन वेला सम्म मानिसको श्वास क्रम अनियन्त्रित गतिवाट चलिरहन्छ त्यसवेलासम्म मन चंचल भईनै रहन्छ । श्वास क्रम नियमित भएपछि मात्र चित्तमा स्थिरता हुन्छ । प्राणायामले शरीर र मन दुबैलाई दृढता प्रदान गर्दछ र मुटु बलियो पार्दछ ।

अहिलेको अबस्थामा हामी सबैले प्राणायमका ४ भेदलाई वुझि पूरा स्वासभित्र लिने(पुरक), भित्रै श्वास रोक्ने (भित्रि कुम्भक), पूरा श्वास बाहिर फाल्ने (रेचक)र श्वास बाहिर रोक्ने(वाहिरि कुम्भक) गर्नाले जिवनि शक्ति, अक्सिजनको मात्रा वढ्ने र स्वस्थ जीवन जीउन मद्दत गर्ने हुन्छ । तन मन स्वस्थ वनाउदै आफु पनि वाचौ र सबैलाई वचाऔ भन्दै ज्ञान विज्ञान आदान प्रदान गरौ ।

लेखक सचेत क्रान्तिका सोचकर्ता तथा कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया
सम्बन्धित