सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पाल्पामा अन्तर व्यवस्थापिका भेला आज

दैनिक नेपाल २०८१ वैशाख १४ गते ९:२०

पाल्पा, १४ वैशाख । संघ र प्रदेशका व्यवस्थापिकाका प्रमुखहरूसहितको अन्तर व्यवस्थापिका अन्तरसंवाद आज पाल्पाको तानसेनमा हुँदैछ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले गरेको दुई दिने भेलामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका सभामुखहरू, उपसभामुखहरू र सचिवहरू सहभागी हुनुहुनेछ ।

प्रतिनिधि सभाका सभामुख घिमिरेसहित सबै प्रदेशबाट सभामुखहरूसहितको टोली पाल्पा पुगिसक्नुभएको छ ।

भेलामा संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी रहेको लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो ।

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन गर्दै भेला सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित