१३ असार २०८३, शनिबार

डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ? : शेखर कोइराला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताउनुभएको छ ।

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताउनुभयो ।

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ ।’ उहाँले भन्नुभएको छ, ‘वर्षेनि डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’