आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ? : शेखर कोइराला

दैनिक नेपाल २०८१ वैशाख १४ गते ८:०७

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताउनुभएको छ ।

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताउनुभयो ।

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ ।’ उहाँले भन्नुभएको छ, ‘वर्षेनि डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

प्रतिक्रिया
सम्बन्धित