आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख १४ गते ७:१४

काठमाडौं, १४ वैशाख । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाउनुभएको हो ।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेण्डाहरुमाथि छलफल हुनेछ ।

जसपाले जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

महाधिवेशनका लागि अध्यक्ष यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा लेखन भइरहेको प्रवक्ता सुमनले जानकारी दिनुभभो । आजको बैठकमा ती प्रतिवेदनहरूमाथि समेत छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित