शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ध्यान एक शक्ति, कोरोना कहरमा अति नै उपयोगी

सुदर्शन जोशी 'तेजस्वी' २०७८ वैशाख ३१ गते १७:१८


-सुदर्शन जोशी ‘तेजस्वी’

‘गर्नेलाई फाईदै फाइदा!
नगर्नेलाई फाईदा न काइदा !!’

वातावरणमा नकारात्मक र सकारात्मक दुवै शक्ति हुन्छ । आफु भित्र रहेको शक्तिलाई जगाउनु पर्दछ । यदि हामी सकारात्मक शक्ति लाई वढाउनु छ भने हामिले ध्यान गर्नु पर्दछ । ध्यानले रिस, राग, क्रोध, तनावको रुपमा आएको नकारात्मक उर्जालाई समेत सकारात्मक उर्जा वा शक्तिमा वदल्ने काम गर्दछ ।

जस्ले असलताको समेत वोध गराउदछ । यस वेला कोरोना कहरले हाम्रो मानसिक अबस्था कमजोर वनिरहेको छ । त्यसलाई व्यवस्थापन गर्न को लागि ध्यान र ज्ञान दुवै जरुरि छ । मुस्किल समयमा शान्तोना, सामर्थ्य सबै ध्यानले पैदा गर्दछ ।

ध्यानको प्रकारहरु लाई हेर्दा ट्राटक ध्यान, स्मृति ध्यान, विपासना, कुण्डलिनि जागरण, सचेत ध्यान, मृत्यु ध्यान, जप मन्त्र ध्यान, पाईला चाल्ने ध्यान आदि छन ।

सामान्यतय समाजमा कुनै दुख कष्ट परिरहेको, समस्या आईरहेको छ भने। त्यहा सरल व्यक्ति गएर प्रेम,करुणा जगाउदा त्यहाको वातावरण नरम,सरल वन्दछ । जस्ले समस्यालाई कम गरि प्रेरणा र खुसि जगाई शान्त वनाउदछ ।

त्यहि हो ध्यानको शक्ति भनेको । यो भनेर भन्दा पनि जीवन व्यवहारमा जस्ले उतार्दछ वा ध्यान गर्दछ, उसलाई स्व अनुभूति (सेल्फ रियलाईजेसन) हुन थाल्दछ । आफ्नै अनुभवलाई हेर्दा मुटुको ढुकढुकि चलिरहेका, रगत नशा नशामा बगिरहेको थाहा हुन्छ ।

सेल्फ हिलिङको कार्य पनि गर्दछ । कुनै ठाउमा दुखेर वा केही भएर अस्वस्थता, रोगको समस्या भैरहेको छ भने, त्यसलाई निको वनाउन आत्वल वढाउने, तन्तुहरुलाई सक्रिय वनाउने कार्य गरि कम अवस्था हुँदै ठिक ठाउमा पुर्याउँदछ ।

विश्वास चै हुनुपर्दछ । यति धेरै महत्वपुर्ण, निशुल्क गर्न सकिने ध्यान शक्तिलाई पहिचान गरि गर्ने गरौ जसले कोभिडको समस्याबाट उत्पन्न उकुसमुकुस लाई सत चित्त आनन्दमा पुर्याई जिवनि शक्ति वढाउदछ ।

ध्यानका शक्तिहरु यस प्रकार छन भनी सरल वुझ्ने तरिकाहरुः–

१) एकाग्रताः– जिवनको लक्ष्य पहिचान गर्न होस वा सफलता प्राप्त गर्न नै किन नहोस । एकाग्रता एउटा महत्वपुर्ण कडि हो । त्यो ध्यान वाट प्राप्त हुन्छ । यसले शुन्य वा वर्तमानमा एकाग्र बनाउछ ।

२) मन र शरिरलाई एकै ठाउमा राख्ने कलाः– हामी एक ठाउमा वसिराखेका हुन्छौ तर मन भागि भागि कता कता पुग्दछ । त्यसरि भागिरहेको मनलाई शरीर वसेकै ठाउमा लेराउने पनि ध्यानले गर्दछ । हामिले आफ्नो शरीर र मनलाई एकै ठाउमा राखि राख्दा नै ध्यान केन्द्रित हुने गर्दछ ।

३) यात्राको सुर लगाउनेः– जसरी गित गाउदा सुर लाग्यो भने मिठास आउँछ । त्यसै गरि जिवनको यात्रा सहि दिशामा चल्यो भने त्यसको छुट्टै मजा हुन्छ, आनन्द हुन्छ । त्यो सुर लाग्ने ध्यानले गराउँदछ ।

४)सकारात्मकताः– ध्यानले सकारात्मकता, सृजनशिलता एव आत्मनिर्भर वढाउन समेत मद्दत गर्दछ ।

५) चिन्तनः ध्यान यस्तो चिन्तन हो जसले सचेतनाको वोध गराउदछ । जुन चिन्तनले सत्विचार लाई पैदा गर्दछ ।

६)गहिराईको खोजः–ध्यानले जिवनको गहिराईसम्म पुगि प्रसन्नता, सरलता , सम्पन्नता, सहजता सबै गराउँदछ ।

७) यथार्थताः आन्तरिक संसार र वाह्य संसारमा भईरहेको यथार्थता पत्ता लगाउन मद्दत गर्दछ ।

८) प्राकृतिक शक्ति:– अप्राकृतिक र प्राकृतिक दुवै शक्तिहरु हुने गर्दछ । हामिले प्राकृतिक शक्तिको पहिचान गरि उजागर गर्दा जीवन सार्थक वन्दछ । त्यो प्राकृतिक शक्तिको खोज, उजागर ध्यानले गर्दछ ।

९) अन्यः– त्यस्तै ध्यानले ईनलाईटमेन्ट, रुपान्तरण, करुणा, निर्भिकता एवं हृदयमा बसेको प्रेमको झन्कारलाई वजाउदछ । हाम्रो नेचर अफ लाईफ, आर्ट अफ लाईफ भनेको सत चित्त आनन्द हो । त्यो जीवन जिउने कला ध्यानले सिकाउछ । यसले विगतमा भएका घटनाक्रम र भविष्यका योजना वाट निर्मित गज्याङगुजुङ धारणा वा सोचलाई डिलेट गरि आवस्यक सोच, लक्ष्य लाई मात्र अबचेतन मनमा राख्दछ । प्रत्यक घण्टा, दिनमा दिमागलाई ट्राफिक जाम हुने गरि आउने सोचको व्यवस्थापन गर्दछ ।

ईन्द्रियहरुको राजा मनलाई सन्तुलनमा राख्दछ । ध्यानले के भैराखेको छ, किन भईराखेको छ , के गर्नु पर्नेछ भन्ने पत्ता लगाई लोका समस्ता सुखिनो भवन्तु सबै सुखि रहुन भन्ने आवाज निकाल्दछ ।

भित्रि शक्ति को जागरण गराउदछ । महसुस गर्दा ध्यानको जागरण प्राकृतिक संगितको साधना संगै अन्तरहृदयको आनन्दमा पुगि आफ्नो शरिरको, मनको र सचेतनाको कण कण लाई खोज्दै उर्जा र आनन्द लिदै ध्यानमग्न हुदाको क्षण नै बेग्लै हुन्छ । यो लाईट अफ साईन हो । हाम्रो अनुहारमा समेत त्यो चमक देखिन्छ। यस्को साथ साथ हामिले जे कार्य, सेवा गर्दा त्यसैमा ध्यान दिनु पर्दछ ।

जस्तै खाना पकाउदा खाना मै ध्यान, अफिसको काम गर्दा त्यहि काममा ध्यान दिनु पर्दछ । त्यसैले जिवनको प्रत्यक पल पलपाईलामा सचेत रहनको लागि, क्रान्ति गर्नको लागि एव रुपान्तरणको लागि समेत ध्यानको महत्व छ ।

सामान्तय ध्यान घटित गराउन गरिने कृयाकलापहरु यश प्रकाश क्रमबद्ध छनः–

१) जसमा पहिला ढाढ गर्धन सिधा हुने गरि हात आकास तिर भर्काएर आनन्दित आसनमा बस्ने ।

२) तीन पटक लामो श्वास लिदै ॐ उच्चारण गर्दै वा यतिकै श्वासलाई बाहिर फाल्ने ।(अ+उ+म=ॐ) श्वास भनेको प्राण वायु वा प्राण शक्ति वा ईन्धन हो ।

३) हातलाई आकास तिर फर्काउनुको अर्थ यो छ कि किनकि कस्मिक ईनर्जि वा हाम्रो वातावरणबाट सकारात्मक उर्जा लिन सकिन्छ ।

४) आखा बन्द गरि यसरी वसौ कि जोस, होस, प्राथना, करुणा हुँदै गहिराईवाट, त्रि नेत्र खुलि जिवनको वोध भईराखेको छ । स्वासमा ध्यान, शरिरमा ध्यान, कुनै स्वरुपमा ध्यान, कुने विन्दुमा जे मा आफुलाई आनन्द आउछ ध्यान त्यहि केन्द्रित गर्न सकिन्छ ।

५) आफै भित्र असलता, अनुहारमा प्रसन्नता, श्वास भित्र जादा उर्जा वढिरहेको र बाहिर फाल्दा आनन्द आईरहेको महशुस गर्दै एकटक भएर बसौ ।

६) अपवित्र वाट पवित्र वन्दै छु असतवाट सत वन्दैछु, अध्यारोवाट उज्यालो तर्फ जाँदै छु, मृत्युलाई जित्दै वाट अमृत वनिरहेछु, आलस्य वाट जागर वनिरहेको छु, अल्छिपन गई संघर्षशिल वा सक्रिय वनिरहेको छु, रोगिवाट निरोगि, अस्वस्थवाट स्वस्थ, दुखि वाट सुखि वनिरहेको छु, कण कणमा उर्जा आईरहेको छ भन्ने सोच्दै वस्ने, मनमा जे आउछ जसरि आउछ जान्छ त्यसलाई केवल हेर्ने मात्र, रोक्ने छेक्ने केही नगर्ने ।

७) ५/१०/१५ मि वा १/२ घण्टा, दिन जति समय आफुलाई आनन्द आउछ र समय दिन मन लाग्छ वा आफ्नो अनुकुलता अनुसार ध्यानमा बस्न सकिन्छ ।

८) फेरि तीन पटक लामो श्वास लिदै फाल्ने ।

९) दुवै हातको हात्केलालाई रगड्दै टाउको माथि सम्म पुर्याउदै, आखा छोप्दै, बिस्तारै त्यस आरतिको तापलाई लिदै आखाले हत्केलाई हेर्दै आखा खोलौ र वरिपरि सबैलाई नमस्कार गर्नु होस ।

लेखक सचेत क्रान्तिको सोचकर्ता एवम् कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया
सम्बन्धित