शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोभिडले संचार माध्यममा पारेको प्रभाव : पत्रकार महिला संक्रमणको दोहोरो त्रासमा

शारदा गैरे २०७७ असोज ३० गते १८:१५

-शारदा गैरे

संसारभर कोरोनाको कहर कम भएको छैन । कोरोना भाइरस कोभिड १९ हाल विश्वभरि फैलिरहेको छ । नेपालमा पनि कोरोना भाइरसको अवस्था भयावह बन्दै गैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख नाघिसकेको छ भने ।

पछिल्लो समय नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । समुदाय स्तरमा संक्रमण पुगेपछि मानिसहरुको मृत्यु हुनेको संख्या बढदै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म ६ सय ९४ जनाले कोभिडका कारणले ज्यान गुमाइसकेका छन् । दिर्घरोगीलाई उपचारमा झन गाह्रो भइरहेको छ ।

कोरोना भाइरस कोभिड १९ का कारण हरेक क्षेत्रमा असर पारिरहेको छ । जसका कारण अहिले रोगको डर एकातिर छ भने भोक मेटाउने समस्या अर्को तिर थपिँदै गएको छ ।

अन्य क्षेत्रमा जस्तै संचार जगतमा पनि यसले नराम्रो असर पारिरहेको छ । समय समयमा सूचना दिने संचार माध्यम चलाउन समेत अहिले निकै कठिन भैरहेको छ ।

बिज्ञापनको भरमा चलनुपर्ने संचार माध्यमहरु अहिले निकै अप्ठेरोमा परेका छन् । कोभिडका कारण केही संचार गृह र पत्रकारबीच समयमा तलब खुवाउन नसकिने अवस्था आएपछि समस्या समेत आए भने कोभिडका कारण झन्डै ३ महिना राष्ंिटय पत्रपत्रिका समेत बन्द गर्नुपर्ने अवस्था आयो ।

काम बन्द हुँदा तलबको भरमा चल्नुपर्ने संचारकर्मीलाई घरपरिवार चलाउनसमेत धौ धौ पर्यो । कतिपय पत्रपत्रिका सधैँका लागि बन्द भए काम गरिरहेको पत्रपत्रिका बन्द हुँदा कोरोनासँगै अर्को झन ठुलो तनाव थपियो पत्रकारलाई ।

समाचार संकलनका लागि फिल्डमा खटिनुपर्ने संचारकर्मीलाई ज्यान बचाउने कि जागिर भन्ने डरका बिच डराई डराई काम गर्नुपरेको छ अझै पनि । सुचना संकलनका लागि खटिने पत्रकारले जोखिम मोलेर काम गर्नुपर्ने अवस्था रहेपनि पत्रकार निरन्तर सूचना प्रवाह गर्ने काममा खटिनै रहेका छन् ।

अनलाइन र छापाका लागि भने घरबाटै काम गर्न मिल्ने भएकाले फोनबाटै सूचना लिएर काम गर्न केही सहज भएपनि विज्ञापन निरन्तर नहुँदा संचार गृह पनि समस्यामा परे कर्मचारीलाई समय समयमा तलब दिन नसक्नु र घरभाडा तिर्न समेत गाह्रो अवस्था श्रजृना भयो ।

पत्रकार कामको शिलशिलामा दिनदिनै घर बाहिर निस्कने भएपछि एकातिर आफ्नो घरबेटीको डर अर्को तिर परिवारलाई रोग सर्लाकी भन्ने डर डरैडरका बिच काममा भने खटिनै रहे ।

त्यस्तै पत्रकार महिलाका समस्या झनै डरलाग्दा छन् । घरमा साना बच्चा हुने पत्रकार महिला आफू भन्दा पनि आफ्ना बच्चालाई कसरी सुरक्षित राख्ने भन्नेमा बढी चिन्तित छन् । कार्यालय नगए जागिर जाने डर गए बच्चा कसरी जोगाउने भन्ने डर बिच काम गर्नुपरेको छ ।

हालसम्म पत्रकार महासंघका महासचिव रमेश बिष्टका अनुसार पछिल्लो रेकर्ड अनुसार २२५ जना (यो लेख तयार पार्दासम्म) पत्रकार संक्रमित भएको महासंघमा रेकर्ड भएपनि केही संक्रमित पत्रकारले महांसंघमा जानकारी नगराउनु भएको बताए ।

त्यसैगरी महासंघको पहलमा काठमाडौँमा मात्र ४ सय पत्रकारको पीसीआर टेस्ट गरिसकिएको छ भने काठमाडौँ बाहिर समेत गर्दा १५ सय पत्रकारले पीसीआर टेस्ट गरिसकेका छन् ।

त्यस्तै पत्रकार महिलाका समस्या झनै डरलाग्दा छन् । घरमा साना बच्चा हुने पत्रकार महिला आफू भन्दा पनि आफ्ना बच्चालाई कसरी सुरक्षित राख्ने भन्नेमा बढी चिन्तित छन् । कार्यालय नगए जागिर जाने डर गए बच्चा कसरी जोगाउने भन्ने डर बिच काम गर्नुपरेको छ ।

आफू सक्रमित भए बच्चा सघैँ राख्नुपर्ने र बच्चालाई झनै जोखिम भएकाले र आफैँ भान्साको काम हेर्नुपर्ने, दुध खुवाउन पर्ने सँगै सुताउन पर्ने साना बच्चासँग दुरी कायम गर्न नमिल्ने भएपछि उनिहरुलाई बच्चालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता थपिएको छ । केही पत्रकार महिलाले भने घरमा बुढाबुढी बुबाआमा र सानो बच्चा भएकाले घरबाटै काम गर्ने गरेका बताउँछन् ।

आर्थिक अभियान दैनिककी रिर्पोटर ममता थापाको पनि त्यस्तै अनुभव छ उनी भन्छिन् फोनबाट सूचना लिन्छु कहिलेकाहीँ बैठक हुँदा र नगै नहुने काममा मात्र कार्यालय जाने गरेको र चैत देखि नै घरबाटै काम गरिरहेको बताउँछिन् ।

तर कान्तिपुर दैनिककी बिनु सुबेदीको अनुभव भने अलि परक छ । जिम्मेवारीअनुसार फिल्डमै पुगेर गरिएको रिपोटिंग विश्वसनिय हुने भएकाले आफु फिल्डमै खटेर काम गरिरहेकी कान्तिपुर दैनिककी बिनु सुबेदी १ हत्ता अगाडी सम्म रिर्पोटिंगका लागि फिल्डमै खटिए रहेपनि सहकर्मी साथीहरु एक पछि अर्को संक्रमित बनेपछि अहिले घरबाटै काम गर्ने गरेको बताउँछिन् ।

कोरोना संक्रमित हुनबाट बच्न संयम सुरक्षित रहने भन्दा अरु विकल्प नभए पछि बाहिर निस्किएर काम गर्न निकै कठिन भएको छ । जति नै सुरक्षाका मापदण्डहरु अपनाए पनि आफू र आफूद्वारा परिवारमा संक्रमण हुनसक्ने एक किसिमको त्रास पैदा भइरहेकोले आम पत्रकारहरुलाई समस्या सृजना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित