मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

कोरोना संक्रमणमा काठमाडौंबारे चिन्ता बढ्नुका ५ कारण

दैनिक नेपाल २०७७ साउन १७ गते ९:४७

काठमाडौं, १७ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मुलुक आक्रान्त हुन थालेको छ । खासगरी २ नम्बर प्रदेशमा संक्रमित र मृतकको संख्या ह्वात्त बढेको छ भने तराईका अन्य जिल्ला धेरैजसो प्रभावित छन् ।

संक्रमितको संख्या लगभग २० हजारको हाराहारी र मृतकको संख्या ५६ पुगिसकेको छ ।

यस्तै कोरोना संक्रमणको कहर काठमाडौं उपत्यकामा पनि बढेको छ । तर, सरकारले उपत्यकालाई विशेष चासो दिएको तर अन्य क्षेत्रलाई त्यति महत्वमा नराखेको आरोप पनि लाग्ने गरेको छ ।

काठमाडौं उपत्यकामा संक्रमित बढ्नु र समुदायमा कोरोना फैलँदा विविध पक्षले चिन्ता लिनुका ५ मुख्य कारण यस्ता छन् ।

१. उपत्यकामा साना– मझौला र ठूला गरी तीन तहमा काम गर्ने वर्ग रहेको छ । समुदायमा कोरोना फैंलदा साना र मझौला तहका मानिस धेरै प्रभावित हुने र अति छिटो सर्न सक्ने भएकाले चिन्ता बढेको हो ।

२. अस्पतालको संख्या धेरै भए पनि कोरोना उपचारका निम्ति आइसोलेशन वार्ड र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा धेरैको ज्यान जान सक्ने वा कोरोना महामारीको व्यापक हुन सक्ने प्रक्षेपण छ ।

३. साँघुरो बस्ती र घना मानव आवतजावत हुँदा कोरोनाको संक्रमण बढ्दा जुन सुकै क्षेत्र चाँडो भन्दा चाँडो प्रभावित हुनसक्नेछन् । प्रहरी मुख्यालयमा समेत यसको प्रभाव अति तिव्रताका साथ देखिएकाले अन्य प्रतिष्ठानमा पनि यस्तै प्रभाव देखिन सक्ने अनुमान गरिएको छ ।

४. काठमाडौं केन्द्र भएकाले विविध जिल्लाका कतिपय काम र सन्दर्भमा व्यक्तिहरूको आवत जावत व्यापक हुँदा अन्य काठमाडौं प्रभावित हुँदा अन्य जिल्ला झनै प्रभावित हुनसक्ने अनुमान समेत गरिएको छ ।

५. १ भदौबाट सबै क्षेत्रलाई खुला गर्ने तयारी भएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि चलाउने तयारी भइरहेका बेला कोरोनाको प्रभाव बढ्दै जाँदा असर गर्ने । मुख्य अर्थतन्त्र नै चलायमान गराउने बेला काठमाडौं थला परे देश नै प्रभावित हुने प्रक्षेपणले चिन्ता बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित