२९ असार २०८३, सोमबार

आचारसंहिता उल्लंघन गरेपछि रास्वपा उम्मेदवार मिलनमाथि कारबाही गर्दै आयोग

21.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बन्नुभएका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभएको छ ।

लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याज लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उहाँले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गर्नुभएको हो ।

उहाँविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताउनुभएको छ ।

लिम्बुले आफूले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि तस्वीर हटाउनुभएको छ ।