बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

रञ्जिताको हातबाट जुस खाँदै रेशमले भने– लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौँ

दैनिक नेपाल २०८१ वैशाख १५ गते १४:३७

काठमाडौं, १५ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहनुभएकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको बताउनुभएको हो ।

तस्वीरमा रञ्जिताले रेशमलाई जुस खुवाइरहेको देखिएको छ । ‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।’ रेशमले फेसबुकमा लेख्नुभएको छ ।

रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित