शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओलीको विकल्प को ?

दीपक गौतम २०७७ असार १८ गते २१:५८

-दीपक गौतम

नेपालका विषयमा भारतको उद्देश्य के हो भन्ने कुरा भारतीय संचारमाध्यमहरुले पछिल्लो समय प्रकाशन तथा प्रशारण गरेका सामाग्री हेरे पुग्छ ।

नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने नियतबाट भारत कहिल्यै पछि हटेको छैन्, राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा पनि ।

नयाँ संविधान जारी गर्दा उसको कुरा नसुनेको या मधेशसँग सम्बन्धित मुद्दाहरुमा भारतीय चासोलाई नजरन्दाज गरेको भन्दै नेपाल माथि ६ महिना लामो अघोषित नाकाबन्दी लगायो ।

त्यतिबेला अघोषित नाकाबन्दीको खुलेर विरोध गर्ने यिनै केपी ओली थिए, जतिबेला नेपाली काँग्रेसले नाकाबन्दी भन्ने शब्द नै उच्चारण गरेन भने मधेश केन्द्रित दलको स्वर त नयाँ नक्सा जारी गर्दा सरिता गिरिको जस्तै थियो ।

ग्याँस र पेट्रोलीयम पदार्थको चरम अभाब हुँदा पनि सरकारले भारत सामु झुक्नु भन्दा नागरिकलाई दाउरा बिक्री गर्नु आफ्नो स्वाभिमान ठान्यो । र, नागरिकले पनि सरकारलाई साथ दिए ।

त्यतिबेलै हो, तत्कालिन प्रधानमन्त्री ओलीले भारतसँगको मात्रै निर्भरतालाई तोड्दै चीनसँग विभिन्न ऐतिहासिक सन्धि सम्झौता गरेको ।

चीनसँग विभिन्न सम्झौता गरे देखिनै नेपाल अब हाम्रो अधिनमा छैन भन्ने निष्कर्षमा दिल्ली पुगेको छ । त्यसका पछिल्ला उदाहरण भारतीय संचारमाध्यमका समाचार सामाग्री हुन् ।

सरकारको गति बुढेसकालको जस्तो भएको छ, कोरोनाको संक्रमण तीव्र छ, नियन्त्रणका प्रयास सुस्त छन् ।

जनचाहाना अनुसार काम हुन नसक्दा नागरिकमा चरम असन्तुष्टि छ । सरकार आफ्नै ढंगले हिँडिरहेको छ हामी सबैले बुझेका छौँ । तर, के प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा पर्नुको कारण यति मात्रै हो ?

यहाँनिर शंशय मान्नु पर्ने हुन्छ । हो, सरकारले भ्रस्ट्राचार नियन्त्रणमा चासो देखाएको छैन । अनियमितता र अनुशासनहिनता बढ्दो छ । यो तथ्यलाई सबैले स्विकार्नु पर्छ । तर, सम्बन्धित पार्टीले प्रधानमन्त्रीका गतिविधि सुधार्न दबाब दिनु या वाध्य पार्नुको सट्टा यो समयमा उनको बिकल्प खोज्नु या राजीनामा दिन बाध्य पार्नु अत्यन्तै गलत हुने छ।

सबैभन्दा पहिलो सम्भावित असर प्रचण्ड, माधव, झलनाथ र बामदेब पदका लागि जस्तो सुकै हर्कत गर्न तयार छन् भन्ने सन्देश जान्छ । ओलीलाई अपदस्थ गरेर आफ्ना स्वार्थ पुरा गर्न उनीहरूलाई जति सजिलो हुनेछ, त्यस्को आबश्यकता पुष्टि गर्न उतिनै कठिन हुनेछ ।

एक त नेकपाभित्र प्रचण्ड, माधव, झलनाथ र बामदेबका के कस्ता स्वार्थ छन् भन्ने विभिन्न चरणमा प्रस्ट देखिएको छ । दोश्रो, सरकारले भर्खरै देशको सम्पूर्ण भूभाग समेटेर नक्सा जारी गरेपछि जोड्तोड्ले प्रधानमन्त्रीको राजीनामा मागिदै छ ।

पार्टी एकिकरण पछि को कार्यकारी ? भन्ने बिषयमा ओली प्रचण्डबीच भएको टसलमसल धेरै पुरानो भैसकेको छैन । त्यस्तै माधव या झलनाथ को वरिष्ठ भन्ने बिषय पटकपटक बिवादित भएको थियो भने बामदेबको ‘डिमाण्ड’ पुरा गर्न पार्टी बिधान संसोधन गरी उपाध्यक्ष बनाएको, त्यतिले नपुगेर राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संबिधान संसोधनको शर्तमा राष्ट्रिय सभाको सदस्य बन्न खोजेको कुरा पनि त्यति पुरानो भैसकेको छैन ।

त्यसैले, अहिलेनै सरकार ढाल्दा नोक्सानी ओलीलाई भन्दा प्रचण्ड र माधव नेपालहरुलाई हुनेछ । र, त्यस्को नोक्सानी भबिष्यमा पार्टीले ब्यहोर्नु पर्ने छ ।

सबैभन्दा पहिलो सम्भावित असर प्रचण्ड, माधव, झलनाथ र बामदेब पदका लागि जस्तोसुकै हर्कत गर्न तयार छन् भन्ने सन्देश जान्छ । ओलीलाई अपदस्थ गरेर आफ्ना स्वार्थ पूरा गर्न उनीहरूलाई जति सजिलो हुनेछ । त्यस्को आबश्यकता पुष्टि गर्न उतिनै कठिन हुनेछ ।

दोश्रो सम्भावित असर नेपालमा जतिसुकै बलियो सरकार भएपनि भारतलाई अनुकुल नहुँदा अपदस्थ गर्न सकिन्छ भन्ने दिल्लीले बुझ्ने छ भलै आन्तरिक कलहकै कारण ओली सरकार ढलेको या गिरेको किन नहोस् ।

तेस्रो असर भनेको नागरिकमा निराशा र दलप्रतिको वितृष्णा चुलीमा पुग्नेछ । यसको क्षति नेकपा बाहेक अरु दलहरुले पनि ब्यहोर्नु पर्नेनै हुन्छ । त्यसैले अहिलेनै सरकारको विकल्प खोज्नु राष्ट्रका लागिनै महँगो पर्न जानेछ ।

ओलीको विकल्प को ?

वर्तमान सरकारलाई अपदस्थ गर्नु स्विकार्य कि अस्विकार्य भन्ने कुरा ओलीको विकल्प को भन्ने बिषयमा पनि भर पर्छ । नेकपाको स्थिति हेर्दा ओली बिस्थापित भएपछि प्रधानमन्त्री बन्ने प्रचण्ड, माधव या झलनाथ हुन् ।

बामदेबले प्रधानमन्त्रीका लागि खुट्टा उचालिहाले पनि अहिले त्यो सम्भावना छैन् । नेकपाको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेपनि सरकारले सिफारिस गरिसकेको छैन् । सिफारिस भएपनि संबिधानमा राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गरिएको छैन ।

त्यसैले बामदेबको सवालमा हाललाई न संबिधान संसोधन सम्भव छ न संघिय संसद बन्ने बाटो सजिलो छ, त्यसैले तत्कालका लागि बामदेबको च्याप्टर क्लोज जस्तै छ ।

होइन भने ओलीको बिकल्प २ पटक प्रधानमन्त्री भैसकेका र २ दशक भन्दा बढी पार्टी नेतृत्वमा रहेका प्रचण्ड, झन्डै १५ बर्ष पार्टीको कमाण्ड सम्हालेका पहिलो संबिधानसभाको निर्वाचनमा पराजय भएपछि पार्टी नेतृत्वबाट राजीनामा दिएका र १ पटक प्रधानमन्त्री भएका माधव नेपाल वा दुई पटक पार्टीको र एक पटक सरकारको नेतृत्व गरेका झलनाथ खनाल हुन सक्दैनन् ।

पार्टीको स्थायी कमिटी बैठकले यदि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन निर्देशन दिएको खण्डमा ओलीले राजीनामा दिए मानौ, त्यसो भए अबको प्रधानमन्त्री को त ? केही समय यता पार्टी मा एक ब्यक्ति एक पद्को मुद्दा चर्को उठिरहेको छ ।

त्यसो हुनाले अहिलेसम्मको परिस्थिति हेर्दा प्रचण्ड, माधव या झलनाथ प्रधानमन्त्री बन्नेछन् । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा तत्कालिन नेकपा माओवादीका अध्यक्ष थिए भने झलनाथ खनाल ९ महिना सरकारको नेतृत्व गर्दा तत्कालिन एमालेका अध्यक्षनै थिए ।

माधवकुमार नेपाल भने प्रधानमन्त्री हुँदा पार्टीको वरिष्ठ नेता बाहेक अरु पदमा थिएनन । के ओलीको विकल्प प्रचण्ड, माधव या झलनाथलाई मान्ने ? त्यसैले नेकपाले सबै भन्दा पहिला ओलीको विकल्प को ? त्यो ओलीलाई अपदस्थ गर्नु पुर्व जनतालाई देखाउनु पर्छ ।

होइन भने ओलीको बिकल्प २ पटक प्रधानमन्त्री भैसकेका र २ दशक भन्दा बढी पार्टी नेतृत्वमा रहेका प्रचण्ड, झन्डै १५ बर्ष पार्टीको कमाण्ड सम्हालेका पहिलो संबिधानसभाको निर्वाचनमा पराजय भएपछि पार्टी नेतृत्वबाट राजीनामा दिएका र १ पटक प्रधानमन्त्री भएका माधव नेपाल वा दुई पटक पार्टीको र एक पटक सरकारको नेतृत्व गरेका झलनाथ खनाल हुन सक्दैनन् ।

त्यसैले, केपी ओलीलाई विस्थापन गर्ने हो यदि भने पहिलो पुस्ताका सबै नेताहरुले बिदा लिएर दोश्रो पुस्ताका नेताहरुलाई पार्टी र सरकारको जिम्मेवारी सुम्पिनु पर्छ । बहुमतको सरकार नहुँदा राजनीतिक अस्थिरता भयो ।

अब हामीलाई बहुमत दिनोस हामी स्थायी सरकार दिन्छौ भनेर जनतासँग गरेका बाचाहरुको पनि एकपटक स्मरण गर्नु यो समयमा उपयुक्त्त हुन्छ ।

निष्कर्षमा यत्ति भनौं, ब्यक्तिगत मनमुटाव वा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी एकतालाई मजबुद गराउने र अहिलेकै सरकारलाई चुस्त गतिमा चल्न वाध्य पार्नु नै अहिलेको उत्तम बिकल्प हो। अन्यथा ब्यक्तिगत स्वार्थका लागि पार्टी र सिङ्गो राष्ट्रनै खाल्टोमा फस्ने निश्चित प्रायः छ ।

लेखक हाल जापानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित