सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित

दैनिक नेपाल २०८१ वैशाख १४ गते १०:३२

काठमाडौं, १४ वैशाख । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत भित्रिनुभएको छ ।

शुक्रबार निर्माण टिमले फिल्ममा उहाँ कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ । सपुतले यसअघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गर्नुभएको थियो ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केहीदिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो ।

यस फिल्ममा अभिनेता विजय बरालको पनि अभिनय रहने बताइएको छ । फिल्मको छायांकन जेठ दोस्रो साताबाट सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ ।

२०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुनुहुन्छ ।

प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया
सम्बन्धित