शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सरकारको सजगताले गर्दा समुदायमा कोरोना नफैलिएको हो : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ असार ४ गते १५:३४

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरैबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सरकारकै सजगताका कारण समुदायमा कोरोना फैलन नपाएको समेत दावी गरे । बाहिरबाटै संक्रमित भएर आएकाले समुदायमा फैलिएको छैन उनले भने ।

त्यस्तै, उनले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् ।

‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन । त्यो त एउटा हुल आएको हो । जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन’, प्रधानमन्त्रीको भनाइ छ । उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए ।

त्यस्तै, उनले कोरोना नियन्त्रणमा खर्च भएको दश अर्ब खर्च गर्न तल पठाएको भन्दै अहिले ‘कता गयो दश अर्व ?’ भन्नेहरुलाई सवै हिसावकिताव पारदर्शी हुने बताए । उनले यो देशमा भ्रष्टबाहेक कोही जन्मदैन भन्ने नियत नराख्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित