शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बालकोट डायरी : मध्यराति केपी अंकललाई भेट्दा…

दैनिक नेपाल २०८१ वैशाख २३ गते १४:२७

-कृष्ण केसी

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । म भने उहाँलाई अङ्कल भनेर बोलाउँछु । जुन दिन उहाँ सुनसरीको १२ वर्षे कुम्भ मेला लगायतका कार्यक्रममा सहभागी भएर फर्कनुभएको थियो । त्यो दिन वैशाख १५ गते शनिबार थियो । त्यो दिन म समय नलिइकनै बालकोट गएको थियो । उहाँको सचिवालयमा फोन नउठेपछि मैले राधिका अन्टीलाई फोन गरेँ । उहाँ टाउको दुखेर सुत्नुभएको रहेछ । गेटमा भनिदिनु भयो । म बालकोट उहाँको निवासमा छिर्दा समय रातको करिब ९ बजेको थियो । त्यतिबेला करिब ७० देखि ८० जना भेटघाटको लागि एमाले अध्यक्षको पर्खाइमा थिए । म उहाँको कोठामा छिर्दा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भेटघाटमा हुनुहुन्थ्यो । मैले दुवै जनालाई नमस्कार गरेँ । म समय नलिई सिधै उहाँको कोठामा पुगेको थिएँ । सन्चोरविसन्चो सोध्नु भयो । तल बस्दै गर भन्नुभयो । म करिब १० मिनेट त्यहाँ बसेर तल झरेँ । कहिले अरुसँगै त कहिले एक्लै बसेर समय बिताउँदै थिएँ । भेटको पर्खाइमा बसेकाहरुसँग परिचय भयो । कुराकानी भयो । भेटने, तस्वीर लिने र फर्कने क्रम जारी नै थियो ।

‘केपी कमरेडसँग जुन इच्छा शक्ति छ, त्यसले काम गरिरहेको छ । इच्छा शक्ति भएपछि स्वास्थ्य र उमेरले नछेक्ने रहेछ ।’

भेटने क्रम निरन्तर चलिरह्यो । पार्टीका, पार्टी बाहिरका, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध, कलाकार , महिला समूहलगायतका टोली थिए भेटघाटमा । धेरैको मसँग पनि परिचय भयो । धेरै जना उहाँ रातभरि नसुती भेटघाट गरेकोमा सबै दङ पर्थे । चिन्ता व्यक्त गर्दथे । यस्तै चिन्ता व्यक्त गर्नेको लाइनमा नेकपा एमाले डोटीका सचिव लक्ष्मण मलासी साउद भन्दै हुनुहुन्थ्यो, ‘उहाँको उमेर, स्वास्थ्य र दिनभरिको खटाइ अनि रातभर भेटघाटमा बस्न कसरी सक्नुभएको होला, हामीलाई अचम्म लाग्छ,’ ।

उहाँलाई भेटनका लागि जति पर्खनु परे पनि कसैलाई अत्यार लागेको महशुस थिएन । एमालेका कतिपय नेताहरुमा समय भएपनि कार्यकर्ताका अगाडि व्यस्त देखाउने, गम्भीर भएर कुरा नसुन्ने र सङ्कीर्ण सोच छ । तर, केपी अङ्कलसँग भेटेर फर्कनेहरु धेरै खुसी भएका देखिन्थे । भेट्न पुगेका एक जना राष्ट्रिय कलाकार भन्दै हुनुहुन्थ्यो ‘उहाँले हाम्रा कुरा गम्भीर भएर सुन्नुभयो । हामीले राखेको कुरामा ऊर्जा र उत्साह थपिदिनुभयो । साह्रै खुसी लाग्यो ।’

उहाँले थप्नुभयो ‘चौतर्फी घेरबन्दी र गठबन्धनले २०७९ को चुनाव भने जस्तो नभए पनि आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनु छ । एमालेको बहुमत ल्याएर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभिभारा पूरा गर्नु छ ।’

रातको १ बजेपछि स्वकीय सचिव राजेश बज्राचार्य निस्कनुभयो । सायद निद्राले धेरै च्यापेर होला । तर, उहाँले सबैको भेटनेक्रममा मिलाएर जानुभएको थियो । उहाँले भनेअनुसार नै एउटा टोली निस्केपछि अर्को टोली जाने क्रम चली नै रह्यो । अर्को दिन लागिरहेको थियो । घडीले २ बजाइसकेको थियो । मैले भेटे पनि मसँगै जाने टोलीलाई पनि मैले भेटाउनु थियो । कलाकारको टोली फर्केपछि मसँगको टोलीको भेट्ने पालो आयो । समय बिहानको साँढे २ बजिसकेको थियो । मैले शुरुमै एउटा प्रश्न गरेँ– ‘कसरी सक्नुहुन्छ अङ्कल रातभरि नसुती बस्न ? उहाँको जवाफ थियो, ‘मलाई भेट्नै भनेर आएका मान्छे रातभरि पनि कुरेर बस्नुहुन्छ, नभेटी पठाउन मन मान्दैन । राति ३ बजेसम्म भेटघाट गर्छु । त्यसपछि एक घण्टा पढेर सुत्छु ।’ उहाँले भेटघाटका क्रममा मैले राधिका अन्टीका बारेमा लेखेको एउटा लेख मेरो मोबाइलमा पूरै पढनुभयो । प्रतिक्रिया भने केही जनाउनुभएन ।

मसँगै जाने ४ जनाको टोली थियो । उहाँले सबैको कुरा सुन्नुभयो । बीचबीचमा आफ्नो कुरा पनि राख्नुभयो । जाने टोलीसँग कृष्ण त मेरो छोरो नै हो भनेर मलाई नजिकै राख्नुभयो । उहाँले थप्नुभयो ‘चौतर्फी घेरबन्दी र गठबन्धनले २०७९ को चुनाव भने जस्तो नभए पनि आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनु छ । एमालेको बहुमत ल्याएर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभिभारा पूरा गर्नु छ ।’

सायद त्यसकै लागि उहाँ रातदिन नभनी खटिइरहनु छ । निर्णय गर्न सक्ने अब्बल क्षमता, उहाँको खटाइ र एमालेप्रतिको आर्कषण नै इलाम र बझाङको चुनावी सफलता हो । चौतर्फी घेराबन्दीका विरुद्ध पनि उहाँको नेतृत्वमा २०७९ मा एमालेले प्राप्त गरेको सिट र मत कम होइन । सिटमा दोस्रो भए पनि मतमा एमाले पहिलो शक्ति बनेको थियो । गठबन्धन नहुँदा त्यति बेला नै एमालेले स्पष्ट बहुमत ल्याउँदोरहेछ भन्ने अहिलेको उपनिर्वाचनले पनि पुष्टि गरेको छ । उपनिर्वाचनसँगैको उत्साहले पार्टीभित्र केपी शर्मा ओलीलाई थप बलियो बनाएको छ भने समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई जनताको तहबाट पूर्ण अनुमोदन भएको छ ।

गठबन्धन नहुँदा त्यति बेला नै एमालेले स्पष्ट बहुमत ल्याउँदोरहेछ भन्ने अहिलेको उपनिर्वाचनले पनि पुष्टि गरेको छ । उपनिर्वाचनसँगैको उत्साहले पार्टीभित्र केपी शर्मा ओलीलाई थप बलियो बनाएको छ भने समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई जनताको तहबाट पूर्ण अनुमोदन भएको छ ।

केही महिनाअघि बालकोट पुग्दा अङ्कल रातभर नसुत्ने कुरा राधिका अन्टीले भन्दा म दङ परेको थिएँ । कसरी बस्न सक्नुहुन्छ होला रातभर भन्ने लागेको थियो । राधिका अन्टीले भन्नुभएको थियो, ‘हिजो रात्रि १ बजेसम्म त म बसेर चिया खुवाएको थिएँ, पछि सुतेँ । त्यसपछि उहाँ आफैले चिया पकाएर खानुभएछ, खुवाउनु भएछ ।’ त्यो दिन प्रत्यक्ष आफै रातभर बसियो, यथार्थ देखियो । भेटघाटका क्रममा मसँग लमजुङबाट गएर हाल बालकोट निवासी व्यवसायी एवं समाजसेवी विष्णु बुढाथोकीसँगै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो ‘केपी कमरेडसँग जुन इच्छा शक्ति छ, त्यसले काम गरिरहेको छ । इच्छा शक्ति भएपछि स्वास्थ्य र उमेरले नछेक्ने रहेछ ।’

आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्नुभएका ‘सुखी नेपाली र समृद्ध नेपाल’ का परिकल्पनाकार केपी शर्मा ओली कसरी खटिरहनुभएको छ भन्ने घाम जस्तै छर्लङ्ग छ । उहाँको परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अहिले मुलुककै साझा लक्ष्य बनिसकेको छ । उहाँको सार्वजनिक खटाइबाट लाग्यो यो सब पार्टी, देश र जनताकै लागि हो भन्ने मेरो निष्कर्ष हो । उहाँको दौडधुप, खटाइ र त्याग हेर्दा यस्तो लाग्छ कि उहाँको उमेर युवा जवानीमै छ ।

आजभोलि स्टण्ट मात्रै गर्ने काम नगर्नेहरुको जमात राजनीतिक नेतामा बढी छ । जिम्मेवारी आउँदा काम नगर्ने अनि बाहिर हुँदा कुरा मात्र चर्का गर्नेहरुले राजनीतिको व्यापार गरिहेका छन् । केपी शर्मा ओलीसँग गहन अध्ययन गर्ने र विषयवस्तुलाई नजिकबाट बुझ्ने एउटा असाधारण क्षमता छ । उहाँले आफू प्रधानमन्त्री हुँदा होस् वा गृहमन्त्री हुँदा नै किन नहोस काम गरेर आफूलाई सबैभन्दा अब्बल प्रमाणित गसिक्नु भएको छ । संविधान निर्माणमा उहाँको भूमिका अतुलनीय छ । भारतीय नाकाबन्दीविरुद्ध उहाँले डटेर सामाना गरेको कुरा अहिले पनि सबैले स्मरण गरिहन्छन् ।

उहाँ २४ घण्टामा २० घण्टाभन्दा बढी खटिइरहनुभएको छ । दिनरात भन्नुभएको छैन । यो कुरा एमाले पङ्क्त्ति मात्र होइन धेरैलाई थाह छ । यति हुँदा हुँदै पनि उहाँको उमेर र स्वास्थ्य अवस्थाको ख्याल गर्नु भने जरुरी छ । समयरसमयमा आराम गर्ने, समयमै खाने र आफ्ना लागि पनि २४ घण्टामा केही समय छुट्टाउनु जरुरी छ । यो कुरा उहाँको सचिवालय र पार्टी पङ्तिले पनि बुझ्नु जरुरी छ । समय व्यवस्थापन गर्नुपर्छ । उहाँलाई भेट्न जो कोही पनि रातभर पर्खन तयार हुन्छन् भन्दैमा उहाँ रातभरि नसुती बस्न हुँदैन भन्ने लाग्छ । उहाँको नेतृत्व अझै धेरै वर्ष नेकपा एमालेलाई मात्र होइन देशलाई नै आवश्यक छ । त्यसो त २०५१ सालबाटै मैले उहाँलाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएको छु । यसो भनिरहँदा यो लेखक पनि अब भेट्नका लागि उहाँको रातको समय लिने छैन भन्ने निष्कर्षमा पुगेको छ ।

(लेखक लमजुङका वरिष्ठ नेता हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित