२१ असार २०८३, आइतबार

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ५ जेठ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा आज डुबेर दुई युवकको ज्यान गएको छ ।

बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ ।

६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । अन्य चार जना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।