३१ असार २०८३, बुधबार

घट्यो डलर, पाउण्ड र युरोको भाउ

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा घटेर आएको छ ।

आज डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्डको खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०२ पैसामा झरेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा रहेको थियो ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।