शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भानुभक्त, मार्क्स र हाम्रो वैचारिक धरातल

निर्मल भट्टराई २०७७ असार २९ गते १७:२८


-निर्मल भट्टराई

कार्ल मार्क्सले करीब पौने दुई सय वर्ष पहिले दर्शन, समाजसास्त्र र राजनीतिको बारेमा अघि सारेका अवधारणा हुबहु सही छन् । राजनीतिमा उनले घोषणा गरेका थिए–वर्ग संघर्षमा सर्वहारा बर्गले पुजीपति बर्गलाई परास्त गर्ने छ । सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण हुनेछ ।

सबैलाई राज्यले योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम प्रदान गर्ने साम्यवादी ब्यवस्था लागू हुनेछ । यतिमात्र होइन, उनल कल्पना गरेको साम्यवादीे संसारमा मुद्रा, सेना, प्रहरी र राज्यको सीमा समेत आवश्यक पर्ने छैन भनेका थिए ।

रुस, चीन, उत्तर कोरियालगायतका देशमा गरिएका विभिन्न अभ्यासले देखाएको छ–माक्र्सले गरेको त्यो भवियष्यवाणी पूरा हुन मानवीय गुणका अधिकांश आयामहरुमा कायापलट जरुरी छ ।

बर्ग संघर्षको दौरानमा नेपालमा तत्कालीन मालेले झापा लगायत क्षेत्रमा गरेको संघर्ष र तत्कालीन माओवादीले गरेका हतियारबन्द संघर्ष माक्र्सको अवधारणा अनुरुप भए पनि नेपालको धरातलीय यथार्थमा हुबहु मेल खाने थिएनन् ।

व्यवहारमा आउन नसक्ने कतिपय सिद्धान्त पण्डितले वेदका ऋचा घोकेझैं घोकेर नेपालको राजनीति सधैं चल्ने पनि होईन । माक्र्स अहिलेसम्म बाँचेका भए आफ्नै कतिपय धारणा देखेर उनी आफैं कति हाँस्ता हुन् !

मार्क्सको चुरो कुरो वर्गसंघर्ष हो, त्यसमा मोलाहिजा नगरी अरु विषयलाई समय सापेक्ष बनाउदै अगाडि बढ्ने कम्युनिष्टमात्र टिकिरहन्छन् । समयसापेक्ष चल्न नसक्नेहरु डाइनोसर हुने पक्का नै छ ।

त्यो मानिस भोलिपल्टदेखि किनाराका चिसा ढुङ्गा टिप्दै छाम्दै समुन्द्रमा फाल्न थाल्यो । एक दिनमा सकिने काम थिएन त्यो । दिन प्रति दिन ऊ ढुङ्गा फाल्न अभ्यस्त भयो । टिप्दै फाल्दै, टिप्दै फाल्दै ।

मार्क्सकै समयमा नेपालमा भानुभक्त कविता लेख्दै थिए । उनले लेखेको कविताको एक हरफ यस्तो छ –ू हाँस्नु हुदैन कदापि नारीहरुले वेश्या हुन्या हाँस्तछन् ।”

नेपाली पाठकहरुले त्यस हरफलाई सत्यको रुपमा लिए । फलस्वरुप लामो समयसम्म नेपाली महिलाले हाँस्न समेत पाएनन् । नेपाली महिलाले लुकेर वा पछ्यौराले मुख छोपेर हाँसेको हामीले देख्यौं । अब भानुभक्तको त्यो हरफ केवल हाँस्ने विषयमात्र हो ।

मार्क्सका समकालीन भानुभक्तको तत्कालीन बुझाई सत् प्रतिसत असत्य हुने अनि माक्र्सको तत्कालीन बुझाई चाँहि सत् प्रतिसत सही हुने ? शायद जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दैगर्दा यही सोचे कि ?

अरु विषयजस्तै मार्क्सवादको पनि पुस्तान्तरण हुदैजान्छ । हरेक पुस्ताको नेतृत्वले आफ्ना पछिल्ला पुस्तालाई यसरी माक्र्सको राजनीतिक रुपमा अप्रासाङ्गिक विचारलाई ईश्वरवाणीजस्तो नबनाई “हरेक विषयमा सन्देह गर”भन्ने माक्र्सउक्ति अनुशरण गर्न सिकाउनुपर्छ । र, उनका विचारप्रति आलोचनात्मक सोच राख्ने सबैलाई दक्षिणपन्थी,संशोधनवादी वा प्रतिक्रियावादीको विल्ला भिराउन हुदैन ।

विचार बहन गर्ने विषय लत होईन । यो सचेतनापूर्वक पुनर्ताजगी गरिरहने विषय हो । लत वा बानी कहिलेकहीं कति खतरनाक हुन्छ यहाँ एक प्रशङ्ग हेरौ ।

अलेक्जेन्ड्रियामा कुनै बखत एउटा ठूलो पुस्तकालयमा आगो लाग्यो । आगोले आधी डढेका पुस्तकहरु यत्रतत्र छरिए । एकजना मानिसले ती डढेका पुस्तक पल्टाउदै गर्दा एउटा आधी डढेको पुस्तकभित्र एउटा कागजको टुक्रा फेला पार्यो ।

टुक्रामा लेखिएको थियो–“नजिकैको समुन्द्रको किनारमा रहेका हज्जारौं ढुङ्गा छन् ती मध्ये एक ढुङ्गा अरुभन्दा तातो छ । त्यो भेट्ने मानिसले त्यस उपरान्त संसारको सबै सुन प्राप्त गर्नेछ ।”

त्यो मानिस भोलिपल्टदेखि किनाराका चिसा ढुङ्गा टिप्दै छाम्दै समुन्द्रमा फाल्न थाल्यो । एक दिनमा सकिने काम थिएन त्यो । दिन प्रति दिन ऊ ढुङ्गा फाल्न अभ्यस्त भयो । टिप्दै फाल्दै, टिप्दै फाल्दै ।

अन्तीमतिर उसले भनिएको तातो ढुङ्गो त भेट्टायो तर त्यो तातो छ कि चिसो छ भन्ने मुख्य कुरा विर्सियो र पूर्ववत् समुन्द्रमा फालिदियो । विचरा उसको सारा श्रम खेर गयो ।

यसरी नेताहरुले आफ्ना कार्यकर्तालाई विचारको लत बसाइ दिनुभन्दा कार्यकर्तामा आलोचनात्मक चेतनाको विकास गर्न भूमिका खेल्नुपर्छ । समयअनुसार विचार सान्दर्भिक छ कि छैन भन्ने बहस पैरबी निरन्तर चलिरह्यो भनेमात्र कम्युनिष्ट पार्टी र अन्दोलन जीवन्त हुन्छ ।

त्यसकारण आफ्नो वैचारिक आस्थामा समेत प्रश्न गर्न सक्ने, नयाँ खोज अनुसन्धान गर्न सक्ने पङ्तिm विकास हुनु आजको ज्वलन्त आवश्यकता हो ।

वास्तवमा विचार मानिसका लागि हो, मानिस विचारका लागि होइन । कुनै विचारले मानवमात्रको हित र उन्नति गर्दैन भने त्यो विचार केवल बोझ हो, मानसिक प्रदुषण हो । देशलाई अग्रगति दिन चाहनेले यस्तो बोझ र मानसिक प्रदुषणबाट आफूलाई पृथक राख्न सक्नु पर्छ ।

प्रतिक्रिया
सम्बन्धित